धरान : भ्वाइस अफ नेपाल तेस्रो संस्कारण बिजेता किरण गजमेरलाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वागत तथा सम्मान गरेका छन्।

बिराटनगरस्थित मुख्यमन्त्रीको कार्यालयमै एक कार्यक्रम गरि गजमेरलाई मुख्यमन्त्री राईले स्वागत सम्मान गरेका थिए । उनले प्रदेश १ मा मात्रै उत्पादन हुने रुद्राक्षको माला र खदा लगाईदिदै स्वागत गरेका थिए ।
गजमेरलाई बधाई तथा सुभकामना दिदै आगामी मुख्यमन्त्री राईले भने किरणले देशप्रति देखाएको माया र गीत संगितमा लगाएको लगाव मैले अरु भन्दा फरक पाएको छु, यो जीत नै समग्र १ नं प्रदेशवासीको पनि हो। हामी किरणलाई पुनः एक औपचारिक कार्यक्रम गरि विशेष सम्मान गर्ने पनि सोच बनाएा छौ ।
किरण १० वर्ष पछी आफ्नो जन्मथलोमा रहेका भुटानी शरणार्थीहरुलाई सहयोग तथा सम्मान गर्ने काार्यक्रममा सहभागी हुनका लागि गजमेर आएका हुन् ।
बिहिवार तय भएका विभिन्न कार्यक्रमका लागि पूर्व आएका किरणले पथरीमा रहेका अशक्त र बृद्धबृद्धा शरणार्थीहरुलाई जनही ५ हजारका दरले भत्ता समेत दिएका थिए । यो क्रम हरेक महिना रहदै आजिवन भत्ता उपलब्ध गराउने इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाका रुद्र बानियाँले जानकारी दिएका छन्।त्यस्तै बेलडाँगीमा रहेको भुटानी शरणार्थी शिविरमा पनि किरणको लागि स्वागत कार्यक्रमको आयोजना गरिएको थियो ।
रातको समयमा त्यहाँ पुग्दा गजमेरलाई हेर्न भनी सयौ झापालीहरु कोरोना र निषेधाज्ञाको प्रवाह नगरी प्रतीक्षामा देखिन्थे । किरणले सो ठाउबाट अर्को एउटा एम्बुलेन्स पनि सहयोग गर्ने घोषणा गरेका छन ।
अब उनले इन्ट्रा नेशनल वेलफेयर फाउण्डेशन अफ अमेरिकाको सहकार्यमा पश्चिममा १ र पूर्व पथरी र झापामा गरी २ एम्बुलेन्स प्रदान गर्ने छन् । त्यस्तै त्यहाका बृद्धबृद्धालाई पनि जनही ५ हजारका दरले भत्ता वितरण गरिएको छ ।
उक्त स्वागत कार्यक्रममा अभिनेताद्वय दिलिप रायमाझी र रमित ढुंगानाको पनि उपस्थिति रहेको थियो भने इन्द्रेणी टीमका अध्यक्ष कृष्ण कंडेलको पनि उपस्थित रहेको थियो । खुदुनाबारी, झापामा तय गरिएको बधाई ज्ञापन गर्ने कार्यक्रम भने शुक्रबार पनि गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x