बराहक्षेत्र  (संगम बिस्ट)।  प्रकासपुरका २९ वर्षिय तेजबहादुर गुरुङ्ग हाल अधिकांस समय कोरोना संक्रमितको सेवा , कोरोना संक्रमण न्युनिकरणसंगै कोरोनावाट पिडित परिवारहरुलाइ राहत बितरण कार्यमा व्यस्त हुन्छन् । तेजबहादुर गुरुङ्ग न जनप्रतिनिधि हुन् । नत् राष्ट्र सेवक कर्मचारी नै ! तर पनि उनले गर्न सामाजिक कार्य , मानवसेवाको गतिविधि हेर्दा अच्चमनै लाग्छ ।

घर परिवारसंग रमाइलो गर्ने उमेर र उत्पन परिस्थितिलाई समेत नजरअन्दाज गर्दै तेजबहादुर बिगत ३० दिनदेखि कोरोना कहरवाट उत्पादन परिस्थिति हल गर्ने लागेका छन् । प्रकासपुर युबा जमात गठन गरेर उनिजस्तै सक्रिय युबाहरुको टिम बनाएर नेतृत्व गर्दै उनी प्रवासपुरवासीको सहयोगी बनी रहेका छन् ।

३० दिन अगाडि सार्वजनिक स्थान सेनिटाइज गर्ने कार्यवाट सुरु अभियान हाल कोरोना संक्रमितहरुलाई अक्सिजनको व्यवस्थापन कार्यमा लागि परेको छ । संक्रमितलाई समस्या परे टुप्लुक्क पुगि हाल्ने तेजबहादुर सामाजिक कार्यमा छुटै प्रकारको आन्नद मिल्ने उनको अनुभव रहेको सुनाउछन् ।

सुरुवाति चरणमा आफ्नै व्यवस्थापनमा सुरु अभियानलाई बिस्तारै सहयोगी दाताहरुको सहयोगवाट थप उत्साह तेजबहादुरको नेतृत्वको अभियानलाइ मिलेको छ । तेजबहादुर आफै पनि स्वास्थ्य सुरक्षा अपनाएर सेनिटाइज गर्ने कार्यमा लागि परेका छन् ।

हाल सम्म सार्वजनिक स्थानमा सेनिटाइज, सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री , सक्रमित घर , धार्मिक क्षेत्र, जोखिमका क्षेत्रमा सेनिटाइज , स्वास्थ्य सामाग्री बितरण, राहत बितरण
संगै हाल सम्म वराहक्षेत्र ९ र १० का प्राय सबै घरमा सेनिटाइज गरी सकेको छ । भन्ने संक्रमितहरुलाइ पौष्टिक तत्व ज्वरो तथा अक्सिजन लेभल चेकजाँचसंगै र आवस्यक भएसम्म चिकित्सकको सल्लाह अनुसार अौषधी उपलब्ध गराउने कार्यमा तेजबहादुर लागि परेका छन् । उनको पहलमा विभिन्न दाताहरु , मोरङ्ग -सुनसरी सेवा समाजबाट उपलब्ध खालि सिलिडर र अन्य जमातले ब्यवस्थापन गरेको ४० लिटरकोको अक्सिजन सहीतको ५ थान सिलिन्डर , ३ थान अक्सिजन रेगुलेटर, ५ थान अक्सिजन माक्स, ५ थान माक्स, ५० थान सर्जिकल माक्स र २ थान अक्सिमिटर समेत वराहक्षेत्र वडा नं १० को वडा कार्यलयलाई उपलब्ध गराईएको छ ।

यस अगाडि पनि प्रकासपुर युबा जमात मार्फत सामाजिक कार्य गर्दै आएका जमातको अध्यक्ष समेत रहेका तेजबहादुर प्रकासपुरको मात्र नभए वराहक्षेत्र नगरपालिकाकै एउटा संम्भवना बोकेको युबाको रुपमा चित्रण गर्न थालिएको छ । हसिला संगै मिजासिल गुरुङ्ग नेपाल बिद्यार्थी संघ सुनसरीको जिल्ला सदस्य, नेपाल तरुण दल (साविक प्रकासपुर गाविस ) सभापति हाल तरुण दल वराहक्षेत्र नगर सह- सचिबसंगै तेजबहादुर नेपाली कांग्रेस वराहक्षेत्र १० का सह- सभापति हुन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x