धरान । कोरोना संक्रमणको दोस्रो लहर सुरू भएसँगै कृतिम अभाव देखाउँदै जुम्लामा कालोबजारी मौलाएको छ । दैनिक उपभोग्य वस्तुको अस्वभाविक मूल्यवृद्धि गरेर व्यापारीले उपभोक्ता ठगिरहेका छन् । जुम्लाका साना तथा ठूला व्यापारीले तेल, चिनी, ग्यास सिलिण्डर, चामललगायतका दैनिक उपभोग्य वस्तुको मूल्य मनपरी रुपमा बढाएर उपभोक्ता मारमा परेपनि अझै कालोबजारी रोकिएको छैन ।
कोरोना संक्रमण बढ्दै गएको मौका छोपी कृतिम अभाव सृजना गरी मूल्यवृद्धि गर्ने व्यापारी, डिलरहरुलाई तत्तकाल कारवाही गर्न नागरिक समाजको माग छ ।


तेल, चिनी, चामल, ग्यास सिलिण्डर तरकारीलगायत सबै वस्तुको मूल्य अत्याधिक बढ्दा उपभोक्ता मारमा परेका छन् । जिल्ला प्रशासन कार्यालय, उद्योग वाणिज्य संघले अनुगमन नगर्दा व्यापारीले आफूखुशी मूल्य बढाएका हुन् ।
सबैभन्दा तेलको मूल्यमा भने व्यापारीले अस्वभाविक रुपमा उपभोक्ताको ढाडै सेक्नेगरी मूल्यवृद्धि गरेको प्रति नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने, “एक हप्तामै दैनिक उपभोग्य वस्तुको मनपरी मूल्यवृद्धिले कमाई नहुने विपन्नलाई तेल, चामल चिनी किन्नै मुस्किल भएको छ । तत्काल प्रशासन उद्योग वाािण्ज्यलाई बजार अनुगन गर्न भनेपनि चासो नदिएपछि कोरोना महामारीसँगै कालोबजारी रोकिएको छैन ।”


नियमन गर्ने निकाय प्रहरी प्रशासन, उद्योग वाािण्ज्य संघ, उपभोक्ता मञ्च, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सबै निकाय भने निरह बनेकोप्रति नागरिक अगुवा आक्रोसित भएका छन् ।
वैशाख पहिलो सातासम्म प्रतिकार्टुन २१ सयमै बिक्री भइरहेको खाने तेल कोरोना संक्रमण बढेसँगै एकाएक २ हजार ८ सयसम्म पुगेको छ । । चिनी प्रतिबोरोना ४ हजार मूल्य भएपनि वैशाख १३ गतेदेखि १७ गतेसम्म ७ सयले वृद्धि भएर ४ हजार ७ सय पुगेको छ ।
उत्पादन घटेपछि मूल्य बढ्यो


दैनिक उपभोग्य वस्तुको उत्पादन घटेपछि मूल्यवृद्धि भएको व्यापारीहरु बताउँछन् । गत वर्षभरी कोरोना कारण उत्पादनशील उद्योग सबै बन्द भए । कृषि क्षेत्र पनि ठप्प भएपछि कच्चा पदार्थ अभावका कारण मूल्यवृद्धि भएको हो ।
व्यापारी मिनप्रसाद पौडेलले उत्पादन घटेकै कारण तेल, चिनीमा थोरै मूल्यवृद्धि भएको बताए । कोभिडकै कारणले कच्चा पर्दाथ उत्पादन घटेर मूल्य बढेको तर कोभिडको मौका छोपी नाफा कमाउन मूल्य व्यापारी नबढाएको समेत पौडेलले दाबी गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x