धरान । आमसञ्चार तथा पत्रकारिता विषय किताबी ज्ञानबाट भन्दा पनि व्यावहारिक तरिकाबाट सिक्दा अझ प्रभावकारी सिकाइ हुने विषय हो । त्यसैले गर्दा महेन्द्र बहुमुखी क्याम्पसको आमसञ्चार तथा पत्रकारिता संकायको पाँचौ व्याच मोरङको केराबारी गाउँपालिका-२, मंगलबारेमा रहेको जेफालेमा पुगे ।

जेफाले मोरङ जिल्लाको केराबारी गाउँपालिकामा रहेको एक पर्यटकीय क्षेत्र हो । हरियाली वातावरण, सामुदायिक होमेस्टे, हरिया चिया बगान जेफालेको सेरोफेरोमा रहेको छ । चिया बगानको एक ठाउँमा ग्रीन टि उत्पादन गर्ने कारखाना समेत रहेको छ । गाउँमा भुई स्याउको समेत उत्पादन हुने गरेको छ । त्यहाँका बासिन्दाहरुले उक्त भुई स्याउको जुस समेत बनाउने गर्दछन् ।

जेफालेका यस्तै प्रकारका अन्य थुप्रै जानकारीहरु थाहा पाउन र आफ्नो किताबी ज्ञानलाई व्यावहारिक बनाउन महेन्द्र बहुमुखी क्याम्पसमा आमसञ्चार तथा पत्रकारिता संकायमा अध्ययनरत पाँचौ व्याचका प्रथम वर्षमा अध्ययनरत विद्यार्थीहरु जेफाले पुगेका हुन् ।

लगभग १ हजार ५० खुड्किला भएको सिडी त्यहाँको उत्तिकै रमणीय स्थल मध्ये एक हो । जेफालेमा वि.सं. २०७२ साल देखि दर्ता भएर जेफाले सामुदायिक होमस्टे सञ्चालनमा आएको छ । होमेस्टेमा अर्गानिकका साथै स्थानीय स्तरमा नै उत्पादन भएका सामग्रीहरु पाहुनालाई खुवाउने गरिएको जेफाले सामुदायिक होमस्टेका अध्यक्ष निरज खड्काले बताउनुभएको छ ।

होमस्टेबाट केहीसमय उकालो हिडेपछि भ्युटावर पुगिन्छ । उक्त भ्युटावरबाट प्रदेश नम्बर १ र छिमेकी प्रदेशका गरी १६ वटा जिल्लाको मनोरम दृश्य एकैसाथ हेर्न सकिन्छ । जेफाले पुगेपछि सबैभन्दा आकर्षणको केन्द्र भ्युटावर हुने गरेको छ ।
यस प्रकारका विभिन्न जानकारीहरु थाहा पाउनका साथमा उक्त स्थानको अवलाेकन र अवलाेकनबाट शिक्षा प्रदान गर्नका लागि विद्यार्थीलाई जेफाले लगिएकाे शिक्षक किशोर थुलुङ्ग राईले जानकारी दिनुभएको छ । शिक्षक राईले आम सञ्चार तथा पत्रकारिता अध्ययन अध्यापन गरे पछि आउने दिनहरुमा कुनै पनि संस्था तथा कम्पनीहरुमा काम गरिरहदा उक्त भ्रमणकाे सिकाइले काम गर्न सजिलाे हुने कुरामा जोड दिनुभएको छ ।

आमसञ्चार तथा पत्रकारिता संकायमा अध्ययनरत प्रथम वर्षका विद्यार्थीहरु आफ्नो किताबी ज्ञानलाई प्रयोगमा ल्याउनको लागि साथमा आफ्नो व्यावहारिक ज्ञानलाई बढाउनका लागि जेफाले पुग्ने गर्दछन् । जेफाले पुगिसकेपछि विद्यार्थीहरुले त्यहाँ देखेका र त्यहाँ थाहा पाएका कुराहरुलाई आफ्नो प्रयोगात्मक कार्यमा समावेश गर्ने गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x