सुनसरीः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आफुविरुद्धको अविश्वासको प्रस्ताव सफल हुन नदिने जिकिर गरेका छन् ।

आज सुनसरीको दुहवीमा भएको पार्टीको सभालाई सम्बोधन गर्दै राईले गलत नजिर स्थापित हुनेगरि आएको आविश्वासको प्रस्तावलाई सामना गर्ने र त्यसलाई असफल बनाएरै छाड्ने अड्डि लिए । उनले आफु मुख्यमन्त्री भएकै भोलीपल्ट देखि असहयोग गरिएको दाबी गरे । मुख्यमन्त्रीका प्रतिद्धन्ति रहेका नेता भीम आचार्यले सरकार सँचालन गर्न सहयोग गरेको आरोप लगाउँदै राईले भने ‘आफ्नै दलको सरकारलाई असहयोग गर्ने काम वहाँले (भीम आचार्य) हिजो पनि गर्नुभएको हो । म कुनै टीका लगाएर मुख्यमन्त्री भएको होइन । निर्वाचन लडेर संसदीय दलबाट चयन भएर आएको हुँ ।’

उनले सरकारका राम्रा कामको पनि आलोचना गर्ने र भाँजो हाल्ने काममा मात्र अग्रसर भइरहेको भन्दै अहिले आएर संघीयतालाई नै अप्ठ्यारोमा पार्ने गरि आएको अविश्वासको प्रस्तावलाई संसदमा उपलब्ध भएका सदस्यहरुले विवेकपुर्णढंगले असफल गराइ छाड्ने उनको धारणा थियो । ‘यो अप्राकृतीक तवर आएको प्रस्ताव कसैलाई मान्य हुनेछैन,’उनले भने,‘सबै माननीय ज्यूहरुलाई थाहा छ यो कसका लागि के लागि आएको प्रस्ताव हो । केही दिनमै प्रष्टै भइहाल्छ ।’

प्रदेशमा कब्जाको नीति प्रकट भएको भन्दै केन्द्रको नियत पनि यता देखिएको राईले तर्क गरे । निर्देशित र प्रायोजिक कुरालाई असफल तुल्याउने उनको जिकिर थियो । ‘मुख्यमन्त्री असफल भएर र सरकारले काम गर्न नसकेर यो कदम चालिएको होइन । यसले गलत नजिर स्थापित हुन कुनै पनि हालतमा दिनेछैनौँ,’उनको स्पष्टोक्ति थियो । हिजो बुधवार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेकपाकै अर्को समूहका प्रश्तावित मुख्यमन्त्री रहेका भीम आचार्यले अविश्वासको प्रस्ताव पास गरि छाड्ने दाबी गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x