वराहक्षेत्र(✒संगम बिष्ट) । वराहक्षेत्र ९ मा रहेको कोरोना सक्रमण जोखिम क्षेत्रमा सेनिटाइज र कोरोना सक्रमितहरुलाई पोष्ट्रिक तत्ब प्रधान गरिएको छ । शुक्रबार वराहक्षेत्र १० स्थिति प्रकासपुर युबा जमातले घर घरमा पुगेर पोष्टिय युक्त तत्ब , सेनिटाइज गरेको हो । जमातले बुधबार देखि वराहक्षेत्र १० बाट उक्त कार्यक्रमलाई अभियानको रुपमा सन्चालन गरिरहेको छ ।

बुधबारबाट सुरु अभियान अन्तगर्त वराहक्षेत्र १० मा रहेको ३८ जना सक्रमितको घरमा पोष्टिक तत्व जेवनप्रास, चिनि ,चियापति , सेनिटाइजर गर्दै र माक्स लिएर पुगेको जमात शुक्रबार वडा नं ९ को १५ जना सक्रमितकोमा पोष्टिक तत्व जेवनप्रास, चिनि ,चियापति , सेनिटाइजर गर्दै र माक्स लिएर पुगेको थियो । भन्ने कोशीटप्पु चेकपोस्ट आर्मी क्याम्प , सार्बजनीक स्थलहरु, हिन्दुहरुको आस्थाको केन्द्रको रुपमा रहेको प्रसिद्ध तिर्थ स्थल रामधुनि मन्दिर परिषदमा समेत सेनिटाइज गरेको जमातका अध्यक्ष तेजबहादुर गुरुङ्गले बताए ।

तीब्र गतिमा कोरोना संक्रमण फैलिएपछि सक्रमणको उच्च जोखिममा रहेको प्रकासपुर क्षेत्रमा प्रकासपुर युबा जमातले सहयोगी दाताहरुको सहयोगमा जोखिम क्षेत्रमा सेनिटाइज, सक्रमितलाइ पोष्टिक तत्व उपलब्ध गराएको हो ।

जमातले पहिलो दिन बुधबार सक्रमितको घर- घर र सम्भावित जोखिम क्षेत्र मानिएको प्रकासपुर चौक, बजार र, प्रहरी चौकी, स्वास्थ्य चौकी, सार्वजनिक स्थान सेनिटाइज गरेको थियो । भन्ने होम क्वारेन्टाइनमा रहेका ३८ जना र बिहिबार र शुक्रबार वडा नं ९ का १४ जना सक्रमितहरुलाई घरमै भेटेर पोष्टिक तत्व प्रधान गरेको थियो ।

हाल सम्म वराहक्षेत्र १० प्रकासपुरमा ३८ जना र वराहक्षेत्र ९ मा १४ जनालाई कोरोना पोजेटिभ देखिएकाछ भने। वडा नं १० मा दुई जना कोरोना पोजेटिभको ज्यान समेत गइसकेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x