वराहक्षेत्र । नेपाली कांग्रेसको १४ अौं महाधिवेशनको रौनक सुनसरीको वराहक्षेत्र नगरपालिकामा देखिन थालेको छ । वडा तहदेखि केन्द्रसम्मका पदमा नेतृत्व र प्रतिनिधित्व गर्ने नेताहरु तयारीमा व्यवस्था भइ रहदा वराहक्षेत्र नगरपालिकाका दुई वटा वडामा महाधिवेशन सफल पार्ने व्यवस्थापन समिति समेत गठन भएको । साउन १२ गते हुने वडा अधिबेशनलाई लक्षित गर्दै वडा नं १ र २ ले महाधिवेशन व्यवस्थापन समिति गठन गरेका हुन् । कृयाशिल नविकरण र बितरणमा कुनै बिवाद नभएको दुई वटामा सर्वसम्मत रुपमा महाधिवेशन व्यवस्थापन समिति गठन भएको छ ।

नविकरण भएको ६४ र नयाँ १ सय १७ गरेर वराहक्षेत्र १ मा १ सय ८१ जना क्रियाशिल रहेको वडामा १४ अौं महाधिवेशनलाई सफल पार्ने वडा अधिवेशलाई केन्द्रीय गर्दै लोकबहादुर दाहालको संयोजकत्वमा व्यवस्थापन समिति र दिनेश घिमिरेको संयोजकत्वमा आर्थिक समिति समेत गठन गरिएको छ । शनिवार वडा नं १ स सभापति ईश्वर थापाको अध्यक्षतामा वसेको बैठकले सो निर्यण गरेको हो ।
भन्ने शनिवार नै वडा नं २ सभापति प्रदिप बस्नेतको अध्यक्षतामा बसेको बैठकले पनि वडा अधिवेशनलाई सफलता पुर्बक सम्पन्न गर्ने ब्यवस्थापन समिति गठन गरेको छ । नगर सभापति नारायण नेपाल , जिल्ला सदस्य दिपेशजंग बस्नेत , महाधिवेशन प्रतिनिधि हमर बहादुर परियार लगाएको उपस्थितिमा बसेको बैठकले युवराज भट्टराईको संयोजकत्वमा व्यवस्थापन समिति गठन गरिएको हो । वडा नं २ मा नविकरण भएका १ सय ३२ र नयाँ १ सय ४० गरेर २ सय ७२ जना क्रियाशिल सदस्य रहेका छन् ।


बोलबम धर्मशालामा आयोजना भएको वडा नं १ को बैठनमा नेपाली कांग्रेसका प्रभावशाली नेता समेत रहेका केन्द्रीय सदस्य मिन बहादुर बिश्बकर्मा, नेपाली कांग्रेसका नेता तथा प्रदेश नं १ का निवर्तमान प्रदेश प्रमुख गोबिन्द्र सुब्बा, नेपाल दलित संघका केन्द्रीय सदस्य गोबिन्द्र परियार , महाधिवेशन प्रतिनिधि समेत रहेका वडा नं १ का वडाध्यक्ष सुरेश श्रेष्ठ लगाएको समेत उपस्थिति भएको थियो ।
बाक्लो रुपमा क्रियाशिल सदस्य उपस्थित रहेको वडाको बैठकमा सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिनबहादुर बिश्नकर्माले अधिवेशन हुने कुरामा कुनै शंका नरहेको बताए । उनले अधिबेशनलाई उत्सबको रुपमा लिन समेत आब्हान गरेका थिए । उनले भन्ने नेपालबाट कम्युनिस्ट बिस्तापित गर्ने जिम्मा कांग्रेसको हो । त्यसका लागि हामी एक हुनु पर्छ । हामी बिचका तिक्कता हट्नु पर्छ । १४ अौं महाधिवेशनमा सबै तहमा कार्यक्रमदेखि केन्द्रीय तहमा नेताहरुले हार्दिकताका साथ प्रतिस्प्रदा गर्नेु पर्छ । नेपालबाट कम्युनिस्टलाई बिस्तापित गराउने जिम्मा कांग्रेस र कांग्रेसलाई जिताउने जिम्मेवारी कांग्रेसका तल्लो तहका आम क्रियाशिल सदस्यहरुको भुमिका प्रधान रहने उनले जिकिर गरे ।

कोरोना भाइरस , बाढि पहिरो र केपि अोलीले निम्ताएको असबैधानिक कदमबाट उत्पन परिस्थितिका कारण महाधिवेशन हुने कुरामा केही समस्या रहेता पनि अधिबेशन हुने कुरामा कुनै संका नरहेको विश्बकर्माले दाबि गरे । उनले भन्ने “हार्दिकका साथ प्रतिस्प्रदा गरौं , तिक्कताले हैन ” भन्ने मुल नारा लिएर महाधिवेशन गर्नु पर्छ । ६० प्रतिशत स्थान र पदमा सर्वसंमत नेतृत्व चयन गर्न सके कार्यक्रतामा थप उत्साह ल्याउने अनि मात्र आम निर्वाचनमा कांग्रेस बिजय हुन्छ । अधिवेशनमा राम्रा मान्छे अगाडि बढ्न समेत उनले आग्रह गरेका थिए ।

साउन १२ गते वडा अधिवेशनबाट सुरु नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन भाद्र १६-१९ गते सम्म काठमाडौमा हुदैछ । यस बिचमा साउन १६ गते पालिका , साउन २० गते क्षेत्रिय प्रदेश सभा , साउन २३ गते संघिय निर्वाचन क्षेत्रिय अधिवेशन एक निर्बाचन भएको जिल्लामा , साउन २६ गते जिल्ला अधिवेशन एक निर्वाचन क्षेत्र भन्दा बढि जिल्लामा र भाद्र १ र २ गते प्रदेस अधिवेशनको मिती संमसोधन गरेर केन्द्रीय समितिले मितिको निर्धारण गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x