वराहक्षेत्र । बराहक्षेत्र नगरपालिका स्थित २ बिद्यालय र एउटा क्याम्पसको परिषदमा नयाँ पिढिले वृक्षरोपण गरेको छ।
शनिबारका वराहक्षेत्र – ८ स्थिति कोशी माध्यमिक बिधालय , वराहक्षेत्र – ६ स्थित महेन्द्र माध्यमिक बिधालय र वराहक्षेत्र -७ मा रहेको सप्तकोसी बहुमुखी क्याम्पस बिधालय परिसरमा वृक्षरोपण गरेको नयाँ पिढिका अध्यक्ष शिशिर तामाङ्गले बताए । वृक्षरोपण कार्यक्रममा संस्थाका सदस्य तथा संस्था भन्दा बाहिर रहेका स्थानीय व्यक्ति, बिधालयका प्रधानध्यापक, शिक्षक, बिधालय व्यवस्थापन समिति सदस्यहरुको समेत उपस्थित रहेको थियो ।

नव गढित संस्था नया पिढिले सुरुवाती कार्यक्रमको रुपमा बृक्षारोपन कार्यक्रम गरेको अध्यक्ष तामाङले बताए । सामाजिक कार्यक्रम प्रत्येक महिनामा गर्ने योजना रहेको र युवा लक्षित आवश्यक पर्ने खाल्को कार्यक्रम, पिडित बर्गलाई सहयोग, पढाइ बाट बञ्चित रहेका बालबालिकालाई पढाइ माध्यम उपलब्ध गराउने, युवाहरुको बौद्धिक बिकास गर्ने खाल्का कार्यक्रम यस संस्था गर्ने तामाङले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x