संगम बिष्ट / चतरा दोस्रो भेरियन्टको कोरोना भाइरसका कारण गएको बैसाख पहिलो हप्तादेखि भक्तजनहरु मन्दिर दर्शन गर्न आएका छैनन । बैसाख अन्तिम देखि मन्दिरको मुल गेटमा ताला लागेको छ । मन्दिरमा गरिने दैनिक नृत्य कर्म बाहेक भक्तजनहरुलाइ प्रवेश निषेध गरिएको छ । यसको असर प्रत्यक्ष रुपमा सबै पेसा तथा व्यवसायीहरुलाई परेको छ नै । मानिसहरुको आर्थिक , सामाजिक , सांस्कृतिक कार्यलाई असर पारेको छ । भन्ने धार्मिक स्थानमा रहेका पक्षीहरुलाई समेत असर पर्न थालेको छ ।

दर्शन गर्न आउने भक्तजनहरुले छरिदिएको अन्नलाई आफ्नो आहारा बनाउदै आएका वराहक्षेत्र मन्दिरका परेवाहरुलाई आहाराको समस्या हुन थालेको छ ।
कोरोना भाइरस नियन्त्रण गर्न मन्दिर बन्द भएका कारण वराहक्षेत्रमा व्यपार गर्ने होटल व्यवसायी , फुलपाति व्यवसायी , यातायात व्यवसायीहरुलाई फुर्सदिलो बनाएको छ । भन्ने मन्दिरमा दर्शन गर्न आउने भक्तजनहरुले दिएको दानवाट जिबिको प्राजन गर्ने जोगि तथा माग्नेहरुलाई खाद्यनको जोह गर्न हम्मेहम्मे परे पनि केही भण्डारण गरेको अन्न , अैचोपैचो तथा सहयोगको भरमा दैनिकी गुजारी रहेका छन् । चेतनशिल प्राणी भएकाले उनिहरु दुख- सुख भए निर्वाह गरिरहेका छन् । तर मन्दिर परिषरमा आहारा ( चारो ) नपाए पछि मन्दिर क्षेत्रमा रहेका परेवाहरु मन्दिर क्षेत्रमा बिस्तापित हुन थालेका छन् । मन्दिर क्षेत्रमा भक्तजनहरुलाई पर्खेर बस्ने परेवाहरु अहिले गाँउ जाने र तितरवितर हुन थालेको मन्दिरका मुल पुजारी किरण भण्डारीले बताए ।
मन्दिरको गहनाको रुपमा रहेको परेवा मन्दिर क्षेत्रमा करिव ८ सयदेखि ९ सयको हाराहारीमा रहेका छन् । मुल पुजारी भण्डारी भन्छन ” तर आहार मन्दिर क्षेत्रमा नभेटिदा बिस्तारै बिस्तापित हुने क्रममा छन् । दैनिक ५ केजि अन्न उनिहरुलाई चाहिन्छ । मन्दिरमा रहेको अन्न हामीले छरि राखेको छौ । तर प्रयाप्त हुन नसक्दा परेवा छिन्नबिन हुन थालेकाले मुल पुजारी भण्डारी दानविर भक्तजनहरुलाई परेवालाई आहाराको व्यवस्थापन गरिदिन आग्रह समेत गरेका छन् ।

मन्दिर दर्शन गर्न आउने भक्तजनकालागि मन्दिरमा रहेका परेवाले आक्रषण गर्ने र वराहक्षेत्र मन्दिरको परेवा को धार्मिक महत्त्व समेत रहेकाले परेवाको अन्नको जोह गरिदिन वराहक्षेत्र संरक्षण मञ्चका सचिब राजु घिमिरेले दानविर भक्तजनहरुलाई आग्रह समेत गरेका छन् । उनले केही भक्तजनहरुसंग कुरा भइरहेको र अन्य सहयोगीहरुलाई अन्नको जोह गरिदिन आग्रह समेत गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x