धरान : लुकेको प्रतिभालाई प्रोत्साहन र प्रबर्धन गर्ने उद्देश्य सहित चौधरी गुप्रले वाइवाइ चाउचाउको ‘वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगीता’ गरेको थियो ।जसको बिजेता इटहरी ४ निवासी सम्राट भट्टराई भएका छन् ।

उनले बिजेता भएसंगै चौधरी ग्रुपको तर्फबाट उपहार स्वरुप नगद रु. १ लाख रुपैया प्राप्त गरेका छन् । वाइवाइले विश्व संगीत दिवस, २१ जुन २०२१ को अवसर पारेर ‘हामी सबैको वाइवाइ’ जिङ्गल रिमिक्स प्रतियोगीता संचालन गरेको थियो ।
चाउचाउको फेसबुक पेजबाट प्रतियोगिताको सुरुवात गर्दै सामाजिक सञ्जालको माध्यमबाट युवा वाद्यवादकहरु, गायक गायिकाहरु र संगीतकारहरुलाई सहभागिताको लागि आव्ह्वान गरिएको थियो ।
बिजेता भन्दा बाहेक दोश्रो चरणमा छनौटमा परेका बाकि ९ जनाले पनि २५ ÷ २५ हजार नगद पुरस्कार स्वरुप पाएका छन् । गएको जुलाई २१ मा समाप्त भएको प्रतियोगितामा नेपालभरबाट ६२ जनाको रिमिक्स जिङ्गल प्राप्त भएको थियो । प्राप्त जिङ्गलबाट उत्कृष्ठ १० छनौट गर्दै बिजेता छानिएको थियो । बिजेता भएका भट्टराईले सो जिङ्गल १५ दिन लगाएर कम्पोज गरेको बताए ।
उनले भने ‘मेहनत निकै लागेको थियो । मेरो कलाको माध्यमबाट सबैको ध्यान केन्द्रित गर्न सक्छ जस्तो चाहि लागेको थियो, तर बिजेता नै हुन्छु जस्तो लागेको थिएन ।’ उनि भन्छन् ‘दिदीको गिटार बजाउने इच्छा छ, पाएको १ लाखबाट उसलाई गितार किन्दिने र बाकि पैसा के गर्ने भन्ने बारे केहि सोचेको छैन’ ।
बिगत ३–४ बर्षदेखी इटहरीमै रहेर म्युजिक कम्पोज गरिरहेका भट्टराईले जिङ्गलमा सिठी, बिभिन्न ईफेक्ट, ड्रम्स लगायत इक्युप्टमेन्ट सहित भोकल हालेका छन् । उनको जिङ्गल १ मिनेट ४५ सेकेन्ड लामो छ । १ महिनासम्म संचालन गरिएको यो प्रतियोगीतामा सहभागी बन्नका लागि युवाहरुलाई ख्यातिप्राप्त गायकहरु जेम्स प्रधान, सञ्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षेत्रीले प्रेरित गरेका थिए । आयोजक कम्पनीका अनुसार ¥यापदेखि पप, रकदेखि स्थानीय शास्त्रीय संगीतसम्मको विविधतायुक्त झल्किने रिमिक्स जिङ्गलहरु प्राप्त भएका थिए ।
बितेको २० वर्षदेखि वाइवाइ नेपाली गीत संगीतको प्रवद्र्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि नेपालभर क्रियाशील रहादै आएको छ । वाइवाइले सहभागी सबै प्रतियोगीहरुले संगीतको लागि देखाएका उत्साह, कठोर मेहनत र योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x