धरान । धरान ९ पुतली लाईन स्थित विजयपुर हस्पिटलमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ ।

दैनिक रुपमा कोरोना संक्रमित विरामीको संख्या बढ्न थालेपछि विजयपुर हस्पिटलमा कोभिड अस्पताल बनाउने निर्णय गरिएको हो । देशभरका प्रत्येक अस्पतालहरुलाई २० बेडको कोभिड अस्पताल बनाउन नेपाल सरकारले निर्देशन दिएको थियो । सोही निर्देशन बमोजिम धरान उपमहानगरपालिकाले विजयपुर अस्पतालमा २० बेडको कोभिड अस्पताल सञ्चालनमा ल्याउनका लागि सामाजिक विकास मन्त्रालयमा सहयोग तथा समन्वय गरिदिने स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिनुभयो । यस विषयमा अनौपचारिक रुपमा धरान उपमहानगरपालिका र अस्पतालबिच पटक पटक छलफल बसेको थियो । हिजो मङ्गलबार धरान उपमहानगरपालिकामा २० बेडको कोभिड आशोलेशन कक्ष सञ्चालनमा ल्याउनका लागि लिखित रुपमै निर्णय भएको मेहताले बताउनुभयो ।

विजयपुर अस्पतालका सञ्चालक प्रभाव खतिवडाले २० बेडको कोभिड अस्पताल भोलि (विहीबार)देखि सञ्चालनमा ल्याउने जानकारी दिनुभयो । सञ्चालक खतिवडाले भन्नुभयो, ‘२० बेडको आईशोलेशन ल्याउने तयारी अन्तिम चरणमा छ, अहिले धमाधम काम भईरहेको छ, कोरोना संक्रमित विरामीहरु पनि स्टेण्ड बाई अवस्थामा छन्, भोलीबाट सञ्चालनमा आउनेछन् ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x