✒लोकराज निरौला,

विश्व ब्यापी रुपमा फैलिएको कोभिड–१९ कोरोना भाइरस संक्रमणको कारण कुनै विशेष एक दुई देश होइन विश्वकै आर्थिक, सामाजिक, राजनितिक, स्वास्थ्य, शिक्षा र समस्त मानवको जिवनयापन मा नै विगत २ वर्ष देखि प्रभावित तुल्याई रहेको छ ।


विश्वको शिक्षा क्षेत्र पनि विगत दुई वटा शैक्षिक सत्रलाई नराम्रो ढंगले प्रभावित गरि रहेको छ । कोरोना भाइरस संक्रमण र मृत्यु दरमा न्यूनिकरण हुदै गएमा विद्यालय र विश्व विद्यालयको शैक्षिक सत्रलाई समायोजन गर्दै पूर्ववत अवस्थामा फर्काउन केन्द्र प्रदेश र स्थानिय सरकारहरुको प्रयत्न पनि जारी नै रहेको छ । यति बेला विद्यालय भर्ना र पाठ्य पुस्तक वितरण गरेर पठन–पाठन शुरु भई सक्नु पर्ने अवस्थामा कोरोना महामारीको कै कारण भरखर विद्यालयको वार्षिक नतिजा प्रकाशन विद्यालय भर्ना र पाठय पुस्तक वितरणको कार्य गरी रहेका छन । कोरोना संक्रमण न्यूनिकरण भएमा विद्यालयहरुमा प्रत्यक्ष शिक्ष्ँण सिकाई हुने छ । यसो हुन सकेन भने सरकारले तोकेका अन्य बैकल्पिक शिक्ष्ँण सिकाईको अवलम्बन गरेर पनि विद्यालय र विश्व विद्यालयमा अध्ययनरत बाल–बालिका र विद्यार्थीहरुको शैक्षिक सत्रलाई खेर जान नदिन सरकारले प्रयत्न गरेको पाइन्छ । बैकल्पिक शिक्षण सिकाईका पद्धती विधि मध्ये निजि विद्ययालहरुले अनलाइन विधिलाइै बढी प्राथमिकता दिएको पाइन्छ तर सरकारी सामुदायिक विद्यालय र साना कक्षाहरुमा अनलाईन कक्षा उपयोगी र प्रभावकारी हुन सकेको छैन । सरकारी सामुदायिक विद्यालयमा अध्ययन गर्ने धेरै विद्यार्थीहरुको पहुचमा अनलाइन प्रविधि छैन । त्यसैले साना कक्षाका बाल–बालिकाहरु र सरकारी सामुदायिक विद्यालयहरुले अनलाइन कक्षा बाहेक अन्य बैकल्पिक शिक्षण सिकाइका पद्धतीहरुलाई पनि उत्तिकै अवलम्वन गर्नु पर्ने अवस्था देखिन्छ ।


कोभिड १९ का कारण विद्यालय र विश्वविद्यालयको शैक्षिक सत्रलाई मात्र प्रभावित पारेको छैन । निजि विद्यालय र सरकारी विद्यालयमा पढ्ने पढाउने कुरामा पनि ठूलै उथल पुथल ल्याई दिएको छ । कोरोना संक्रमणका कारण मुलुक पटक–पटक आ“शिक र पुरै बन्दा–बन्दी हुदा अभिभावमहरु रोजगारी र आय आर्जनलाई नराम्ररी प्रभावित पारि रहेको हुदा“ हिजो आÏना छोरा–छोरीलाई निजि विद्यालयहरुमा पढाई रहेका मध्यम निम्न वर्गका अभिभावकहरुले शहरबाट गाउ“ तिरै फर्किनु परेको अवस्था दैनिक रोजगारी र आय आर्जन घटेको कारण निजि विद्यालयको शुल्क तिर्न नसकेर गत शैक्षिक सत्रमै धेरै अभिभावकहरुले आÏना छोरा–छोरी हरुलाई निजि विद्यालयबाट निकालेर सरकारी विद्यालयमा भर्ना गर्दा शैक्षिक सत्र २०७७ मा सरकारी सामुदायिक विद्यालयहरुमा २५ प्रतिशत विद्यार्थी सङ्ख्या वृद्धि हुन पुगेको थियो र शैक्षिक सत्र २०७८ मा पनि यो क्रमजारी नै रहेको छ । यसबाट के कुरा पुष्टी हुन्छ भने अब सरकारी सामुदायिक विद्यालयहरुले पनि अभिभावकहरुको विश्वास जित्ने सरकारी सामुदायिक विद्यालयहरु प्रति लाग्दै अँएका आरोप र फिजाइएका भ्रमहरुको चिरफार गर्ने र विद्यार्थीहरुको अधिकतम सिकाई उपलब्धी हासिल गर्न प्रयत्न गर्नु पर्ने गतिबिधि जिम्मेवारी थपिएको छ ।


निजि विद्यालय पढाउनु वा सरकारी विद्यालय पढाउनु ब्यक्तिको इच्छाको कुरा भए पनि सरकारी ढिकुटीबाट तलब भत्ता सेवा सुविधा लिएर निजि विद्यालयमा आÏना छोरा–छोरी पढाउने शिक्षक कर्मचारी सेना प्रहरीलाई कडाईका साथ अंकुश लगाउन नसक्दा सरकारी सामुदायिक विद्यालय प्रति अभिभावमहरुको विश्वस्नीयता घट्नुको एक कारण रहेको छ । गत शैक्षिक सत्र देखी सरकारी विद्यालयहरुमा आÏना छोरा–छोरी भर्ना गर्ने क्रम बढेको भएता पनि धेरै निम्न मध्यम वर्गका अभिभावकहरु अहिले आÏना छोरा–छोरी कहा विद्यालय भर्ना गर्ने कुरामा अलमल र भ्रममा परेको पाइन्छ । निजि विद्यालयहरुले प्रत्यक्ष पठन–पाठन नभएको दिन वा महिनाको शुल्क नलिए उनीहरु आÏना छोरा–छोरी निजि विद्यालयमै राख्ने भर्नँ शुल्क र मासिक शुल्क लिएमा सरकारी विद्यालयमा भर्ना गर्ने मनस्थितिमा रहेको पाइन्छ । महंगो शुल्क तिरे पछि पढाई राम्रो हुने समाजमा इज्जत हुने धेरै अभिभावकहरुमा छ । छोरा –छोरीलाई निजि विद्यालय र सरकारी विद्यालय पढाउने कुरामा विवाद हुदा कतिपय बाबु आमाको बोल चाल नै बन्द भएको अवस्था पनि छ । अब अभिभावकहरुले एउटा निष्कर्षमा पुग्ने बेला आएको छ ।

सक्नेले निजी विद्यालयमा नै पढाउ नसक्नेले बल गरि गरी निजी विद्यालय नताकौ समयमा नै आÏना छोरी छोरीहरुलाई कुनै निजी वा सरकारी विद्यालयमा भर्ना गरौं । हिजो निजी विद्यालयहरु नहुदा सबैले सरकारी सामुदायिक विद्यालयनै पढेर आएका हौं । अब सरकारी सामुदायिक विद्यालय सुधारने दायित्व पनि हामी अभिवाकहरुकै हो । त्यसका लागि सर्वप्रथम हाम्रा छोरा–छोरीहरु सरकारी सामुदायिक विद्यालयमा पढाउनु पर्छ । हामीले विद्यालयको गतिविधिमा चासो र सुझाव दिनु पर्छ । विद्यालयले आयोजना गरेको कार्यक्रमहरुमा सहभागि हुनु पर्छ । विद्यालयलाई आवश्यक परेको बेला आर्थिक, भौतिक, बौद्धिक सहयोग गर्नु पर्छ अनि मात्र सरकारी सामुदायिक विद्यालयहरु राम्रो बन्छन । आज निजि विद्यालयमा पढाउने सबै शिक्षकहरु हिजो सरकारी सामुदायिक विद्यालय मै पढेर आएका हुन हामीले हिजोको बिरासत विर्सनु हुदैन । कसैले कसैलाई धारे हात लगाएर सराप्दैमा कोहि राम्रो हुदैन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x