धरान । धरानको सर्दु खोलामा खानेपानीको उत्पादन बढाउन मुहानको मर्मत कार्य सुरु भएको छ । खानेपानीको उत्पादन बढाउन तथा वितरणमा सहजीकरण गर्नुका साथै सफा खानेपानी वितरण गर्ने उद्देश्यले खानेपानी व्यवस्थापन बोर्डले मर्मत कार्य सुरु गरेको हो ।

आईतबार बोर्डका अध्यक्ष समेत रहेका नगर प्रमुख तिलक राई उक्त क्षेत्रमा स्थलगत अनुगमन गर्न पुग्नुभएको थियो । बोर्डका निर्देशक राजु पोख्रेलका अनुसार अहिले ३० प्रतिशत भन्दाबढी काम सम्पन्न भईसकेको छ । एक हप्ताभित्रमा काम सकिने जानकारी उहाँले दिनुभयो । ‘बर्खायाममा सर्दुको पानी फोहोर आउने, पानी पर्न थालेपछि धमिलो आउने, धेरै फोहोर आयो भने फिल्टर प्लान्टहरुले पनि काम नगर्ने,’ पोख्रेलले भन्नुभयो, ‘सर्दुको मुहानमा एकातिरबाट सफा पानी आउँछ, अर्कातिरबाट बर्खायाममा अलि फोहोर पानी आउँछ ।’ सफापानी आउने तिर एक वटा जम्मा गर्ने ट्यांकी निर्माण गरिनेछ । पाईपलाईन ल्याएर ईन्टेकमा झार्नको लागि अहिले काम सुरु गरिसकेको उहाँले बताउनुभयो । सर्दुको मुहान क्षेत्रमा पाईपलाईन सबै पुर्याईसकिएको छ । अहिले तुरुन्तै गरियो भने पनि सर्दुको पानीको मात्रा बढाउन सकिने बताउँदै पोख्रेलले भन्नुभयो, ‘बर्खामा फोहोर पानी आउने समस्याबाट धेरै हदसम्म पार पाईन्छ ।’ अनुगमनको क्रममा नगर प्रमुख राईले समयमै काम सम्पन्न गर्न निर्देशन दिनु भएको छ । ‘स्थलगत निरिक्षण गर्दा काम अहिलेसम्म सन्तोषजनक रुपमा भइरहेको पाईयो, नगर प्रमुख ज्यूले कामको अनुगमन पनि गर्नुभयो र छिटो सक्नको लागि निर्देशन पनि दिनुभयो,’ उहाँले भन्नुभयो ।

सर्दुको मुहान क्षेत्रमै बसेर कामदारहरुले अहिले बिहानदेखि नै काम गरिरहेको छ । पाईपलाईनको कामसँगै खोलाको छेउछेउमा ग्याबिनहरु राखेर मेशिनरी वालहरु पनि बनाईने भएको छ । खानेपानीलाई नियन्त्रण गर्नका लागि सर्दु खोलामा संरक्षण कार्य गर्नुपर्ने बोर्डले जनाएको छ । सर्दुमा धेरै बाढी आएको बेलामा खानेपानी फिल्टर गर्न सकिदैन । ७ सय टिएसएस भन्दा बढी फिल्टर गर्न नसकिने बोर्डको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x