काठमाडौं । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछन् ।

माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो ।

मातृ पार्टीको सोही निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् ।

सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेका हुन् । काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ । यसअघि मातृ पार्टीको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरु माघ १९ गते देशभर प्रदर्शन गरेका थिए ।

यस्तै, प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणमा पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा पालिका र माघ ८ मा वडास्तरीय प्रदर्शन गरेका थियो ।

पहिलो चरणमा पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।

काँग्रेसले संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख सरकारको प्रवृत्ति विरुद्ध थप संघर्ष पनि जारी रहने बताएको छ ।

संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाइने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्ने काँग्रेसले बताएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिल गरेका थिए । नेपाली काँग्रेसका शुभेच्छुक संस्थाहरुले आज (शनिबार) संसद् विघटनको विरोधमा देशभर प्रदर्शन गर्दैछन् ।

माघ १३ गते बसेको काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले सरकारविरुद्धको तेस्रो चरणको आन्दोलनमा भ्रातृ संगठन र शुभेच्छुक संगठनहरुलाई देशभर प्रदर्शनमा उतार्ने निर्णय गरेको थियो । मातृ पार्टीको सोही निर्देशन अनुसार १८ शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा सरकारविरुद्ध प्रदर्शन गर्न लागेका हुन् ।

भ्रातृ संस्थाका केन्द्रीय कार्यसमितिहरुले विरोध प्रदर्शनमा आउँदा अनिवार्य रुपमा मास्कको प्रयोग गर्न र सामाजिक दूरी कायम राख्न मातहतलाई निर्देशन दिएका छन् ।

सोहीअनुसार शनिबार शुभेच्छुक संस्थाहरुलाई ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्न लागेका हुन् । काँग्रेसले जिल्ला कार्यसमितिहरुलाई फागुन ३ गते जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन र सभा आयोजना गर्न भनेको छ । यसअघि मातृ पार्टीको निर्देशनअनुसार १३ भ्रातृ संगठनहरु माघ १९ गते देशभर प्रदर्शन गरेका थिए ।

यस्तै, प्रतिनिधिसभा विघटनको विरोधमा दोस्रो चरणमा पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ मा पालिका र माघ ८ मा वडास्तरीय प्रदर्शन गरेका थियो ।

पहिलो चरणमा पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्रमा सरकारविरुद्ध विरोध प्रदर्शन गरेको थियो ।

काँग्रेसले संविधानको मर्म विपरीतको कर्म गर्ने सर्वसत्तावाद उन्मुख सरकारको प्रवृत्ति विरुद्ध थप संघर्ष पनि जारी रहने बताएको छ ।

संसद विघटनको असंवैधानिक कदम विरुद्धको प्रदर्शनलाई अझ व्यापक बनाइने तर जनताले दुःख पाउने गरि बन्दको आह्वान र आयोजना गर्ने कार्यमा नलाग्ने काँग्रेसले बताएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विघटन विरुद्ध उभिएका सबै दल र संस्थालाई यही अपिल गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x