धरान : जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक मञ्जिल मुकारुङ र प्रदेश प्रहरी कार्यालय विराटनगरमा आरआइटी शाखामा कार्यरत प्रहरी जवान टिकाराम खापुङ साउन महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

खापुङ प्रहरी चौकी मेल्छाम, हुम्ला दरबन्दी भएपनि उनी १ नं। प्रदेश प्रहरी कार्यालय, विराटनगरमा कार्यरत छन् । कर्तव्य ज्यान जस्ता जघन्य प्रकृतिका अपराध गरी फरार रहेका प्रतिवादीहरु, चोरी पैठारी लगायत विभिन्न अपराधिक घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरी कानूनी कारवाहीको दायरामा ल्याउन महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै दुवैलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरिएको प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीहरुको मनोवल उच्च बनाउन तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालयले प्रदेश भरीका प्रहरीहरु मध्येबाट प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी छनौट गर्दै आइरहेको छ। सर्वोत्कृष्ट हुने प्रहरीहरुलाई पुरस्कृत गरेर उत्कृष्ट कार्यको बिवरणसहितको फ्लेक्स प्रिण्ट गरेर प्रदेश प्रहरी कार्यालय बिराटनगरमा निर्माण गरिएको स्तम्भ तथा १ नम्बर प्रदेश अन्तर्गत रहेका इलाका प्रहरी कार्यालय ूकू स्तरसम्मका प्रहरी कार्यालयहरुमा १ महिनासम्म राखिने गरिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x