धरान संखुवासभाको प्रहरी टोलीले सोही गाउँपालिका बस्ने दिल बहादुर भन्ने ३४ वर्षीय गंगा बहादुर गिरीलाई हातहतियार सहित पक्राउ गरेको छ ।


सोताङ गाउँपालिका १ स्थित पावै सामुदायिक जंगलबाट ३ थान भरुवा बन्दुक, ८ सय ग्राम बारुद, १ किलो फलामको टुक्रा, १ थान केप, १० मिटर तार र टर्च लाईटमा प्रयोग हुने ७ थान व्याट्री सहित गंगालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।


गंगा सँग सोही जंगलमा ५ जना शिकार खेल्न गएको प्रहरीले जनाएको छ । बन्दुक पड्किएको आवाज स्थानीयहरुले प्रहरीलाई खबर गरे पछि प्रहरी टोली जंगल पुगेको हो । भने जंगलमा प्रहरीलाई देख्ना साथ अन्य ४ जना हतियार फाली फरार भएका छन्। फरार रहेका ४ जनालाई खोजी कार्य गरिरहेको प्रहरीले जनाएको छ । साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x