धरान : सुनसरी कार्य क्षेत्र पारेर पत्रकारिता गरिरहेका महिला पत्रकारहरूलाई महिला तथा बालबालिका सम्बन्धी एक दिने तालिम दिइएको छ ।

नेपाल पत्रकार महासङ्घ सुनसरीको आयोजनामा इनरुवा नगरपालिकाको सहयोगमा एक दिने तालिम इनरुवाको स्टार होटेलमा सम्पन्न भएको महासङ्घका अध्यक्ष जनकऋषी राईले जानकारी दिए ।

तालिममा प्रादेशिक सञ्चार प्रतिष्ठान प्रदेश प्रमुख यज्ञ शर्मा र महिला अधिकारकर्मी शोभा बजगाईँले प्रशिक्षणको भूमिका निभाएका थिए । एक दिने तालिममा विशेष गरी महिला र बालबालिकाको गोपनीयता,सुरक्षा र त्यसबाट हुने फाइदा बेफाइदाका विषयलाई उठान गरिएको थियो ।

प्रशिक्षणहरूले सहभागी सञ्चारकर्मीहरूलाई सञ्चार क्षेत्रमा आबद्ध संचारकर्मीहरुले बिशेषत महिला र बालबालिकाको समाचार सम्प्रेषण गर्दा के गर्न हुने र के गर्न नहुने, दिनहुँ घटने बलात्कार, घरेलु हिंसा विरुद्ध आवाजÞ किन सुनाई हुन्न रु महिला हिंसा भएको कसरी बुझ्ने भोलिका दिनहरूमा यसको समाधान गर्न संचारद्वारा के–कस्तो भूमिका निर्वाह गर्नु पर्छ लगायतका विषयमा जानकारी गराएका थिए ।

समाजमा समाचारको कÞती सम्म प्रभाव परेको छ वा समाचारले गर्दा कस्ता समस्या निम्तिएका छन् सो कुराको समेत छलफल भएको थियो । समाचार महिला तथा बालबालिका माथि भएको दुर्व्यवहारलाई कसरी सञ्चारले सहयोग पुर्‍याउन सकिन्छ । सञ्चार माध्यमको भूमिका कस्तो खाले हुनु पर्दछ र साथै बढ्दै गएको महिलाको हिंसालाई निर्मूल गर्न सकिन्छ जस्ता विषयबारे छलफल भएको थियो ।

आत्महत्या विषयको किन समाचार हुन्न र आत्महत्या एउटा मानसिक रोगी भित्र पर्ने घटना यसलाई एउटा समाचार लेख्न सकिन्छ तर, कसरी लेख्ने लगायतका बारेमा सहभागी संचारकर्मीहरुले जिज्ञासा राखेका थिए ।
तालिममा सहभागी संचारकर्मीहरुले तालिम निकै प्रभावकारी र जानकारी मूलक भएको बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x