शिशिर खड्का। धरान । सेवक अभियानले धरान-१ मा रहेको पुनर्स्थापना गृहमा आश्रीत असहाय तथा अनाथहरुकाे जन्मदिन मनाउने कार्यक्रमको सुरुवात गरेका छन।

मंगलबार पहिलाे पल्ट २२ वर्ष पुगेका आतिस राईकाे केक काटेर जन्मदिन मनाई दिएका छन। सेवक अमियानका अध्यक्ष राजिब हलुवाईले पुन: स्थपना गृहमा रहेका सबै बालबालिका तथा वृद्वा हरुको जन्मदिन कार्यक्रम गरी मनाईदिने अभियान को सुरुवात गरिएको बताउनुभयाे । गृहका संचालक भिमराई ले पहिलाे पल्ट गृहमा रहेका अनाथ तथा असहायहरुकाे जन्मदिन मनाईदिएकाे बताउनु भयाे । उहाँ का अनुसार सहयोगी दाताहरु ले अाफ्नाे जन्मदिनकाे अवसरमा मात्र केक काटेर खुवाउने चलन भएतापनि यस पटक गृहमै रहेका बालबालिका तथा बृद्दाहरुकाे जन्मदिन मनाउने अभियान सुरुगरेकाे प्रति खुसि व्यक्त गर्नु भयाे ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश सासंद मननीय सावित्री जाेशी ले यस्ता कार्यक्रमले अनाथ तथा असहाय लाई उत्प्रेरणा मिल्ने बताउनु भयाे । विशिष्ट अतिथी धरान उपमहानगरपालिका का उपमेयर मन्जु भण्डारी ले सहरणीय काम को सुरुवात भएको र धरान नगरपालिका ले पनि असाहाय हरु को लागि भवन बनाउने योजना रहेको बताउनु भयो। विशिष्ट अतिथीमा पत्रकार माहासंघ सुनसरीका अध्यक्ष जनकॠषी राई को उपस्थीती रहेको थियो। आतिस राई २०५६ वैसाख ६ गते जन्मेका हुन उनी धरान-१४, निवासी भएतापनि हाल ७ वर्ष देखि गृहमा बस्दै अाएका हुन । उनलाई ईस्पाईस्टसी नामक राेग लागेकाे बताईन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x