जय सेवाक!

लाफिङ्ग हा हा हा…

२०७७ साल चैत २८ गते शनिवार धरान २ सिहं देवी चोक मा बिहान ५ बजेर ३० मिनेट मा को १ ख ६२७८ नम्बर को सुम्निमा ट्राभल्स बस अगाडि व्यानर थियो सेवाक अभियान धरान (Nature Therapy) सिठी बज्छ फिरर… सेवक अभियान का अध्यक्ष राजिव हलुवाई विर्फीङ्ग गर्न सुरु गर्नु हुन्छ ” सेवक अभियान को स्वास्थ्यको लागि पद यात्रा अन्तर्गत १५२ औ पदयात्रा गर्दैछौ हरेक महिना को अन्तिम शनिवार धरान देखि बाहिरका पर्यटकीय स्थलका भ्रमण र पर्यटन प्रर्वद्वन को लागि जाने कार्यक्रम अन्तर्गत आज ऐतिहासिक मार्च किरात को राजधानी हतुवागढी जाने जानकारी सगै हाम्रो टोली २६ जनाको काउन सगै बहराक्षेत्र तिर बस को यात्रा सुरु हुन्छ।

शनिवार धरान २ सिहं देवी चोक मा बिहान ५ बजेर ३० मिनेट मा को १ ख ६२७८ नम्बर को सुम्निमा ट्राभल्स बस अगाडि

सर्दु खोला को पुल को मनोमोहक दृश्य सगै पटनाली को जंगल को चिसो हावा खादै हामी बराहाक्षेत्रको नयाँ पुल पुग्यौ त्यहाँ पुग्दा बिहानको ६ बजे र ३० मिनेट गएको थियो। त्यस पछि सप्तकोशी को सुशेली सगै चिया नास्ता पछि जेटबोट चढ्ने तयारीमा लाग्यौ। सप्तकोशी टुरिजम एण्ड वाटर टुरिजम प्रा. लि. का संचालक राजेन्द्र कार्की ले जेटबोट को इतिहासको बारे यसरी बताउनु भयो ” 1950 मा नै सप्तकोशीमा जेटबोट कुदने गरेको ढुङ्गा बोक्न र यातायात को रुपमा चतरा देखि दोलाल घाट सम्म आउने जाने गर्थीयो र व्यसायीक रुपमा सुरु भएको १० बर्ष भयो पुण रुपमा प्रर्यटकीय व्यसायीक रुपमा चलेको चाहि ३ बर्ष भएको र जेटबोटमा लगानी धेरै रहेको छ। हिउदमा मात्र चल्ने भएको ले केही समस्या पनि रहेका छन। बराह क्षेत्र मा एक देखि दुई दिन सम्म पर्यटक रहन सक्ने संरचना निर्माण गर्न सकिने” जानकारी पछि जेटबोट आयो र हामी भोजपुर जिल्लाको हतुवागढी गाउँ पालिका कोप्चे तिर सरर.. यात्रा अघि बढ्छ।

सप्तकोशी जेटबोट

संमयोग बस हामी चढेको जेटबोट दोस्रो विश्व युद्वमा प्रयोग गरिएको रहेछ। सप्तकोशी को छाल सगै चिसो हावा बोट को आवज अभियन्ता हरु को उत्साह, राम दाइ को हाँसोले (हा हा हा…) यात्रा झनै मज्जा भै रहेको थियो। जेटबोट चढेको केही समय पछि बराहाक्षेत्र मन्दीर दर्शन, तमोर नदीको त्रीवेणी मा तमोर नदिले स्वागत गरेको आभास हुन्थीयो। त्यसपछी किराँती हरु को धार्मिक ईतिहास को धरोहर खुवालुङ्ग देख्दा हाम्रो पुर्खा वा बिजुवा ले चिन्ता बस्दा मुदुम अनुसार फलक्दै खुवालुङ्ग सम्म आउने अनि जाने र मंसिरमा धानको दाही गरेर धान बताई सके पछि धानको थ्रुप्रो को चुली मा हसिया खुवालुङ्ग तिर फर्काएर राख्ने बाउबाजे बाट जनकारी पाएको थिए खुवालुङ्ग बाट नै किराँती हरु को इतिहास सुरु हुन्छ। यो राष्ट्र कै सम्पती हो। त्यसपछी सुनकोशी दुधकोशी भोटे कोशी तामाकोसी एक भएर आएको त्रीवेणीमा आनन्दको महसुस सगै यात्रा झन अबिस्मणीय बन्यो। जेटबोट को २० मिनेट को यात्रा पछि हतुवागढी गा.पा. को कोप्चे अबतरण गयौ। (जेटबोटको आउन जान रु १०००) लाग्ने रहेछ।

हतुवागढी घोडेटार बजार

हतुवागढी गाँउपालिका का अध्यक्ष प्रेम कुमार राई ज्यु ले गाँउपालिका को प्रतिनिधि सन्जाल राई ज्यु लाई सेवक अभियानका अभियन्ता हरु लाई स्वागत गर्न पठाएको जानकारी सगै सन्जाल राई ज्यु ले अबिर र दोसला ओडाउदै न्यानो स्वागत गर्नु भएको थियो उहाँ का स्वागत सगै दुई वटा लेण्डलोवर गाडीमा हाम्रो यात्रा घोरेटार तिर अगाडि बढछ। अर्को संयोग लेण्डलोवर गाडी पनि दोस्रो विश्वयुद्व मा नै प्रयोग भएको थियो रे। दुई वटा गाडीमा हाम्रो यात्रा अगाडि बढदै थियो हम्बुपा भन्जयाङ्ग पुगे पछि अगाडि को गाडी पमचर्ट भयो केही समय यात्रा रोकियो। गुरुजी हरु ले टायर परिवर्तन गरे पछि हाम्रो यात्रा अगाडि बढयो पहाडी रुडमा टयाक्सी गुरु हरु को सहयोगी भावना लोभ लाग्दो थियो।

किरात बन्शी राज्यको अन्तिम राजाले राज्य गरेको ठाउ हतुवा गढी

दुई गाडी मध्य म चाहिँ स १ ज ७२ गाडीमा थिए लिला पराजुली गुरुजी ले ठाउँ को बारेमा बताउदै अझ यात्रा चाख लाग्दो हुँदै थियो। त्यही बेला गाडीमा शिव परिवारको “पिउदीन भन्दा भन्दै पिलायो साथी ले” गीत बज्यो दिउसोको पारिलो घाम (आफ्नो त जातले पाएको भन्छ्न) चिसो बियर को उदुमै याद आईरहेको थियो। मुखै रसायो… ठटा हुँदै थियो फिरीको पाउण्डर अर्गानीक धुलो ले आझ रमाइलो बनाउदै थियो। कच्ची रोड गाडीको उफराई ले जिउ दुख्न थाली सकेको थियो। पात्ले धारा पिपल डाडा हुँदै घोडेटार तिर अगाडि बढदै थियो यात्रा।

चमेरे गुफा

जब १ घण्टा ४५ मि. पछि घोडेटार पुग्दा म आफै लाई चाहिँ १७ बर्ष अगाडी लेखिएको किताब झै महसुस भयो। कारण थियो १७ बर्ष अगाडी २०६० सालमा माओवादी छापामार भएर पुगेको थिए। ठ्याकै १७ बर्ष पछि २०७७ सालमा सेवक अभियान का अभियान्त र एभरेष्ट मिडिया को प्रतिनिधि भएर पुग्दा यो पल निशब्द झै भए …!

घोरेटार शनिबारे हटियामा आमाहरुले चुरा लगाउदै

धरापानी होटल एण्ड लज मा अर्गानिक खाना ले पेट पुजा गरियो। अरु सबै परिकार को टेष्ट गुन्द्रुक को अचार ले महसुस गरनै दिएन। उवा उवा कति टेष्टी… ! घोरेटार को गाउले (टिपिकल) हटिया रहेछ त्याहाँ अबलोकन गर्दै गाँउको आर्गानिक तरकारी सबै ले किनमेल गरियो। यहाँ को मुख्य उत्पादन हरु बदाम, सुन्तला, अदुवा र बाँस रहेछ। त्यसपछी सन्जाल सर ले हतुवागढी को ऐतिहासिक ठाउँ अवलोकन गराउने तयारी गर्नु भयो।

घोरेटार शनिबारे हटिया

घोडेटार बजार मा रहेको भबिष्य वक्ता पोखरी जाहाँ नेपाल एकीकरण हुनु भन्दा पहिले त्यहाँ को पानी हेरर लडाई हार्ने कि जित्ने अडकल बाजि राजा हरु ले गर्थे भन्ने कथन रहेछ। त्यसपछि सिधा उकालो हतुवागढी दरवार तिर हाम्रो यात्रा अगाडि बढयो। सुनेको थिए नाक ठोकिने उकालो साचिकै नाकै ठोकिने उकालो थियो तर सिढी भन्ने साचिकै आकर्षक थियो। उकालो को सिढी पार गरे पछि फोटो खिच्न रमाउन थाले। शिशिर खड्का र रोजेस शाक्य ले सबै फोटो प्रेमीहरु को फोटो खिच्ने रहर पूरा गर्दै थिए। लेडिज अभियान्त हरु भन्ने टिक टक बनाउनु मा मस्त थिए।

घोरेटार शनिबारे हटियामा गाउमै उत्पादीत सुरर्ती

हतुवागढी दरवार जादा जाँदै बाटैमा वाड न ५ का वाड अध्यक्ष जोर कुमार राई ज्यु ले हाम्रो टिम लाई स्वागत गर्नु भयो । उहाँ को स्वागत ले हाम्रो थकानै हरायो। हतुवागढी दरवार क्षेत्रमा माओवादी युद्वको समय देखि श्री फष्ट रैफल गण स्थपना भएको रहेछ। सेनाको क्याम भित्र रहेकाले अनुमती लिएर मात्र प्रवेस पाउने भएकाले केही समय प्रतीक्षा मै रहेका थियौ। सेना द्वरा राखिएको मड्का को पानी पिए पछि हेडक्वाटर बाट अनुमती आयो साबुन पानी ले हात धुएर स्यनिटाईजर प्रयोग गरि प्रवेस सुरु भयो। हतुवागढी किरात राजाहरु को अन्तिम राजा जुनाहाङ्ग ले राज गरेको दरवार भएको र पृथ्वी नारायण शाह ले आक्रमण गरेर किरात राजा हरु तितर बितर भएको किमदन्ती रहेको छ। किरात राजाहरु को राजधानी को रुपमा पनि रहेको भनाई छ। नेपालमा चलेको १० बर्षे जनयुद्व को माओवादी जनमुक्ती सेना र साही नेपाली सेना को अन्तिम युद्व भएको स्थान पनि हो। २०६२ साल माघ १४ गते दस बर्षे युद्वको अन्तिम युद्व भएको थियो। ऐतिहासिक दरवार क्षेत्रमा सेना क्याम बस्दा त्यहाँ जाने पर्यटक लाई भने अलिक असहज हुने महसुस भयो। त्यस तर्फ समबन्धीत पक्ष को ध्यान जानु पर्दछ।

बोजु ढुङ्गा

ऐतिहासिक स्थल को अवलोकन गर्ने क्रम मा वाड न. १ मा रहेको चमेरे गुफा प्रस्तान गयौ। त्यस गुफामा दुई प्वाल हरु छन कति लामो छ काहा सम्म पुगेको छ खोजी भएको छैन र संरक्षणमा पनि ध्यान नपुगेको जस्तो लाग्यो गुफा भन्ने निकै महत्व र आकर्षण रहेको छ।

त्यस पछि पुणने बजारमा रहेको (तिमालुङ्ग) बोजु ढुङ्गा को अबलोकन गरे पछी सय वृक्ष रुख रहेको वाड न ३ तिर यात्रा अगाडि बढयो। उक्त रुख ४०० मिटर माथी बाट पहिरो ले तल झार्दा पनि लगभग ५०० मिटर अग्लो रुख पहिला जस्तै रहेको छ। यस रुख को विशेषता सयौ खाले फुल फुल्ने र एउटै रुखमा धेरै खाले पात रहेको छ। भिरमा रहेको ले सहजै जान भने सकिन्न, संरक्षण र रुख सम्म पुग्ने बाटो निर्माण गर्नु जरुरी छ। दैबिक शक्ति रहेको विश्वासमा स्थानीय ले रुख लाई पुजा गर्ने गरेको छ।

सय वृक्ष रुख

ऐतिहासिक स्थल हरु को अवलोकन र त्यो स्थल को किमा दन्ती ले हामी ले थकान महसुस गर्न नै पाएन। त्यस पछि फलामे ढुङ्गा रहेको स्थल पुग्यौ अचमै लाग्यो ! फलाम जस्तै ढुङ्गा रहेछ यस ढुङ्गामा पहिला चुम्बक टासिने कुरा स्थानीय ले बताए। यहाँ फलाम खानी हुन सक्ने हाम्रो अनुमान रहयो। संरक्षण को भने कमि रहेको पाईयो।

सुत्केरी ढुङ्गा

हतुवागढी ४ न. वाड मा रहेको सिला सुत्केरी ढुङ्गा भएको स्थलमा पुग्दा अर्को अचम्म मा परियो। किमादन्ती अनुसार ढुङ्गे युग मा ढुङ्गा ले प्रजन्न गर्थीयो रे त्यो सिला सुत्केरी ढुङ्गा ले बच्चा जन्माउदा जन्माउदै त्यही समय कलियुग आएको ले सिला सुत्केरी ढुङ्गा भनिएको स्थानीय ले बताए। जन्मदा जन्मदै यौनी माई अडकेको कथन छ। प्रत्यक्ष यहि आकार को देख्न पनि सकिन्छ।

फलामे ढुङ्गा

एउटै क्षेत्रमा यतिका ऐतिहासिक स्थल रहेको हतुवागढी गाउपालिका को अवलोकन पछि हामीलाई गाइड गरेर सवै स्थल को जानकारी गराउनु हुने जोर कुमार राई र सन्जाल राई सग बिदा हुँदै गर्दा यहाँ को बारेमा सबै लाई जनकारी गराई दिन अनुरोध गर्नु भयो। उहाँ हरु सँग विदा संगै हाम्रो यात्रा धरान तिर अगाडि बढयो। फर्कने क्रम्मा अर्को गाडीका अभियान्त्त हरु कुरा गर्दै थिए हाम्रो गाडीको गुरु ले त गाडी कुदाएन्न उडायो आँखा चिम्ले र आए भन्दै यात्रा को अनुभूति एक अर्का बिच साटासाट गर्दै कोप्चेमा जेट्बोट को पर्खाई मा रहादा दिउँसो को ४:०० बजेको थियो तर कारण बस हामी लाई रिसिव गर्न बिलुका को ७:०० बजे मात्र जेटबोट आयो त्यो क्षण सम्भवत राती जेटबोटमा यात्रा गर्ने पहिलो हामी नै होला। जेटबोट आउदैन रातपरी सक्यो सबै जना अतालिन थाले त्यतिकै मा जेटबोट आयो भगवान आए जस्तै लाग्यो। सेवक अभियान को १५२ औ पदयात्र पुन धरान को सिहं देवि चोक मा आएर समाप्त भयो।

जेटबोटको परखाईमा

हतुवागढीको ऐतिहासिक स्थल हरु को संरक्षण मा ध्यान जाहोस र सबै नेपाली लाई एक पटक हतुवागढी गाउपालिका को पर्यटकिय ऐतिहासिक स्थलहरु हतुवागढी दरवार, चमेरे गुफा, बोजु ढुङ्गा (तिमालुङ्ग), सय वृक्ष, फलामे ढुङ्गा र सिला सुत्केरी ढुङ्गा को अबलोकन गर्न अनुरोध गर्दछु।

महिला दिदी बहिनीहरु टिकटक बनाउदै
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x