धरान । स्कुल अफ डेमोक्रेसी नेपाल जिल्ला कार्यसमिति सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।

आईतबार नेपाली कांग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री सुनिल बहादुर थापाको प्रमुख आतिथ्यतामा जिल्ला कार्य समिति सुनसरीको पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । दोर्ची शेर्पाको अध्यक्षतामा २३ सदस्यीय समिति निर्माण भएको छ । कार्यसमितिको उपाध्यक्षमा तेजबहादुर पुरी (सन्तोष), सचिवमा लघु सुवेदी र कोषाध्यक्षमा निरु गुरुङ चयन भएका छन् । यस्तै, सदस्यहरुमा अशोक मेहता, विकास सोनी, लोकराज बस्नेत, प्रदीप गहतराज, मञ्जु केसी, पारस राई, रुपेश भट्टराई, संगीता राई, सागर पोखरेल, विवेक घिमिरे, सविन चौलागाईं, नविन श्रेष्ठ, कुन्दन मण्डल, दिलीप स्वर्णकार, समीर राई, सनम श्रेष्ठ र मेघधन राई चयन भएका छन् ।
स्कुल अफ डेमोक्रेसी नेपाल प्रदेश एकका अध्यक्ष विशाल श्रेष्ठको सभापतित्वमा पदस्थापन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा केन्द्रीय सदस्य एवं पूर्व वाणिज्य मन्त्री मीन विश्वकर्मा, स्कुल अफ डेमोक्रेसीका केन्द्रीय अध्यक्ष एवं नेविसंघका निवर्तमान अध्यक्ष नैनसिंह महर, केन्द्रीय सदस्य मीना सुब्बा, क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठ, जिल्ला सचिव सुजेन्द्र तामाङ, धरानका मेयर तिलक राई, विदेश विभाग युके बेलायतका अध्यक्ष युवराज गुरुङलगायतले बधाई तथा शुभकामना दिएका थिए ।

कार्यक्रममा स्कुल अफ डेमोक्रेसी नेपाल सुनसरीका सदस्य, सञ्चारकर्मी एवं धरानका मेयरका प्रेस संयोजक पारस राईलाई दोसल्ला र प्रशंसापत्रले सम्मान समेत गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x