धरान । नेकपा एमाले निकट भातृ संस्थाहरूले १४ औं गणतन्त्र दिवसको अवसर पारेर धरानको भानुचौकमा साँझ दीप प्रज्ज्वलन गरेको छ ।

दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एकालेका केन्द्रीय सदस्य मोतीराज सुनुवारले गणतन्त्र दिवस नेताहरुको लागि मात्र नभएर जनताको लागि हुनु पर्ने बताएका छन। कार्यक्रममा धरानकी उपमेयर मञ्जु भण्डारी , एमालेका केन्द्रीय सदस्य मुरारी सुवेदी लगायतको उपस्तिथि रहेको थियो ।

गणतन्त्र स्थापनार्थ साहदत प्राप्त गरेका वीर सहिद र कोभिडबाट ज्यान गुमाएकाहरूको स्मरण गर्दै शनिबार साँझ दीप प्रज्ज्वलन गरिएको हो । राष्ट्रिय युवा संघ नेपाल धरान, अनेरास्ववियु धरान, अनेम संघ धरान, र जिफन्ट धरानले संयुक्त रूपमा दीप प्रज्ज्वलन गरेका छन् ।

नेपालको नक्सा निर्माण गर्दै दीप प्रज्ज्वलन गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका संस्थापन पक्षका नेताहरू सहभागी रहेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x