धरान । अक्सिजन सिलिण्डरको कालोबजारी गर्ने ३ जनालाई ललितपुर प्रहरीले पक्राउ गरेको छ। ललितपुरमा अक्सिजन सिलिण्डरको कालोबजारी भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ३ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नुवाकोटको विदुर नगरपालिका–३ घर भइ ललितपुरको सातदोबाटो बस्दै आएक ३९ वर्षीय रामकृष्ण घिमिरे, मकवानपुरको हेटौंडा–६ घर भइ ललितपुरको लगनखेल बस्दै आएका ४२ वर्षीय नवराज खनाल र धादिङको गल्छी–२ घर भइ ललितपुरको इमाडोल बस्ने ४२ वर्षीय रामशरण अधिकारी छन् ।

उनीहरुले १५ हजार रुपैयाँ पर्ने अक्सिजन सिलिण्डरलाई ४१ हजार रुपैयाँमा बेचेको पाइएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले बताए ।

प्रहरीले उनीहरुको साथबाट भरिएको १ थान अक्सिजन सिलिण्डर, ४१ हजार नगद र ग्याँस कम्पनीबाट ग्यास भरिएका ४ थान रसिद बरामद गरिएको पनि जानकारी दिएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x