उर्लाबारी । अखिल नेपाल महिला संघ (अनेमसंघ) उर्लाबारीको महिला अगुवा कार्यकर्ता भेलाबाट स्थानीय महिला नेतृ रेखा पोखरेलको संयोजकत्वमा १ सय ५१ सदस्यीय नगर समिति गठन गरिएको छ ।

उक्त समितिमा उपसंयोजक पुष्पा तिम्सिना, सचिव तारा पौडेल, सहसचिव ममता बुढाथोकी, कोषाध्यक्ष कोपिला खनाल लगायतको समिति गठन भएको छ । सो समितिमा २० बर्षदेखि माथि उमेरका महिलाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।समितिमा ७० बर्षीया भागिरथा खतिवडा, ७८ बर्षीया सरस्वता भट्टराई समेत रहेका छन् । सो सभामा अनेमसंघ केन्द्रीय सचिवालय सदस्य, एमाले केन्द्रीय सदस्य एवम् संविधानसभा सदस्य गंगा डाँगीले अनेमसंघलाई चोइटिनबाट बचाउन व्यवस्थित रुपले संगठनलाई अगाडि बढाउन लागिपरेको उनले बताएकी छन् । उनले अनेमसंघले महिलालाई अधिकार मात्र होइन दासबाट मुक्त गराएर नेतृत्व र निणर्ायक तहमा पुर्याएको चर्चा गरेकी छन् ।उनले विगतमा संगठन बिस्तार गर्दा अत्यन्तै कठिन परिस्थितिमा आफूहरुले काम गरेको बताउँदै अहिलेको उपलब्धी प्राप्त गरेको हुनाले यस सहज अवस्थामा जिम्मेवारी ढंगले सबैले संगठन बिस्तारको काम गर्नुपर्ने बताएकी छन् ।

उक्त कार्यक्रममा अनेमसंघकी केन्द्रीय सदस्य धना तामाङ, केन्द्रीय सदस्य लक्ष्मीदेवी भण्डारी, एमाले मोरङ जिल्ला सचिवालय सदस्य भुपाल जिमी, जिल्ला सदस्य पुष्प ढकाल, जिल्ला सदस्य मीना पौडेल, उर्लाबारी अध्यक्ष उमाकान्त गौतमले संगठनलाई व्यवस्थित र मर्यादित ढंगबाट अगाडि बढाउन आग्रह गरेका थिए । बक्ताहरुले वर्तमान राजनैतिक र कोरोना भाईरसको संक्रमणकाबीच आफूहरुले संगठनलाई व्यवस्थित गर्नुपर्ने भएकोले बिकृति र बिसंगतिलाई चिर्दै अगाडि बढ्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए ।

उनीहरुले संगठन मजबुत बनाउनु पार्टी कार्यकर्ताको कर्तव्य भएकोले हरेक गाउँटोलमा नेतृत्वदायी भूमिका खेल्न समेत आग्रह गरेका थिए । उनीहरुले पार्टी र संगठनलाई बचाउने हात आफूहरुसँगै भएकोले बिना संकोच आम जनतासँग पार्टीलाई जोड्नु पर्ने बताएका छन् । उनीहरुले धेरै प्रधानमन्त्री हेरिसकेको र त्यस मध्ये उत्तम र प्रभावसाली नेता केपी शर्मा ओली नै भएको बताउँदै बिभिन्न लान्छनाहरुका पछि नलाग्न आग्रह समेत गरेका थिए । नेताहरुले यस्तो बेलामा समानान्तर कमिटी बनाईरहनु गलत भएको भन्दै अहिलेको सरकारले धेरै राम्रा कामहरु गरेको बताएका थिए । नवगठित समितिलाई नेता डाँगीले सपथ खुवाएको कार्यक्रम सञ्चालक एमाले जिल्ला सदस्य एवम् अनेमसंघ सचिवालय सदस्य भिष्मा रेग्मीले बताएकि छन् । सो कार्यक्रम टिका भट्टराईको सभापतित्वमा सम्पन्न भएको थियो । (news from : Urlabaripage.com)

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap