धरान(संगिता राई)। बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अनलाइन प्रकाशित समाचारप्रति घोर आपत्ति जनाएको छ। आज मिति २०७८/०२/१९ प्रतिष्ठानले अनलाइन समाचार प्रति ग़लत रहेको उल्लेख गरेको छ भनी प्रतिष्ठानका पदाधिकारीहरूले जनाए।

उक्त विज्ञप्तिमा मिति २०७८/१२/१८ ग़ते मंगलबार प्रकाशित अनलाइन समाचारमा प्रतिष्ठानले बेरुज कम गर्दे आर्थिक वितिय अनुशासन क़ायम गरी आजको प्रमुख दायित्व रहेको र यस सम्बन्धी सम्पूर्ण पदाधिकारीज्यूँहरूलाई कटिबद्ध रहनुहुनेछ भन्ने जानकारी गराएको छ।

प्रतिष्ठानको आन्तरिक मामिला भित्री रूपमा सत्यतथ्य मुलक समाचार नभई आमजनमानसमा मात्र भ्रम फैलाउने उद्देश्यले समाचार प्रकाशन गरेको साथै प्रतिष्ठान पदाधिकारी बीच आपसी मनमुटाव उत्पन्न ग़राउने खालका समाचार छापिएकोले यस घटनाप्रति घोर भर्त्सना जनाएको छ। प्रतिष्ठानक़ा सम्पूर्ण पदाधिकारी लगायत सह-प्रवक्ता ड़ा।चुरामणी पोखरेलद्वारा हस्ताक्षर गरी विज्ञप्ति जारी गरेको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x