धरान । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा महिला संजाल धरानले रक्तदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।

रक्तदान कार्यक्रमका संयोजक निर्मला शाक्यले वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा हाल रगतको अभाव रहेको बताउँदै रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईन् । उनले अस्पतालमा गर्भवती महिला, बालबच्चा, वृद्धवृद्धा, घाईते तथा शल्यक्रियाका बिरामीहरुको लागि हरेक दिन रगतको खोजी भईरहेकाले रगतका अभाव हुन नदिनका लागिपनि रक्तदान कार्यक्रमको आयोजना गर्न लागिएको बताईन् ।

सञ्जालकी अध्यक्ष चेतना श्रेयङले रक्तदान कार्यक्रममा १ हजार रक्तदाताबाट रक्तदानको अपेक्षा गरिएको बताईन् । उनका अनुसार रक्तदान कार्यक्रममा धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने तिनवटा संस्थालाई समेत सम्मान गरिने भएकोछ ।

‘नेतृत्वमा नारीः कोभिडको संसारमा समान भविष्यको प्राप्ति’ भन्ने मुल नारा सहित १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा फागुन १८ गते धरानको भानुचौकको लोकतान्त्रिक चौतारीमा वृहत रक्तदान कार्यक्रमको आयोजना गर्न लागेको हो । संजालले सम्पूर्ण धरानवासीमा रक्तदान गरी कार्यक्रमलाई सफल बनाउन समेत आग्रह गरेको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap