तत्कालीन धितुङ गाँउ पञ्चायत को बुङ्गाछा टोल ( हाल हलेसी तुवाचुङ न. पा. वडा नं ८) खोटाङमा जन्मनु भएको कवि दीपक शम्चू नेपाली साहित्यमा आफुलाई सशक्त रुपमा उभ्याउनु भएको छ “अनुहारमा आप्पा ” कविता संग्रह्को मार्फत । हाल बिराटनगरामा बसोबास गर्दै साहित्यका साथै शिक्षण पेशामा सक्रिय रहेको कवि शम्चूसँग एभरेष्ट डेलिले गरेको कुराकानी प्रस्तुत गरिएको छ : दीपक शम्चू

१)लकडाउनको समय कसरी के गरेर कटाँउदै हुनुहुन्छ ?

बैशाख १३ गतेबाट बिराटनगर लगाएत आसापसको क्षेत्रमा निशेधआज्ञा जारी भयो । त्यसपश्चात म पुर्णरुपले घरमा नै बसेर पहिला नै पढिसकेको कवि ‘बैरागी काइलाको समकालीन कविता’ वाचन गर्ने, कवि जसराज किरातीको “प्रतिनिधि कविता” र उनकै छोरा देवान किरातीको ‘हुरिमा नाचिरहेको इश्वर’ कविता संग्रहको तुलनात्मक अध्ययन गर्दै थिए । साथसाथै जगदिश समशेर राणाको ‘ नरसिंहको अवतार ‘ पनि पढ्दै थिए । बैशाख २५ गतेबाट मलाई अचानक ज्वरो र रुघामार्किले छोयो । संगै मेरो श्रीमती ममता राईलाई पनि सोहि लक्षण देखियो । २८ गते देखि छोरा उमनलाई नि ग्रस्त बनायो । हामिले कोरोना (covid-19) को एन्टिजोन परिक्षण गरायौ नतिजा पोजेटिभ आयो । बाँकि समय मैले कुनै पनि पुस्तक पढ्न सकिन । अहिले हामि स -परिवार सामान्य अवस्थामा फर्किसकेको छौ । सबैको रिपोर्ट नेगेटिभ आइसकेको छ । अब भने कवि सुष्मा रानाहँमाको भर्खरै प्रकाशित कविता संग्रह ” आमाको तासफोटो ” पढ्ने सुरमा छु ।

२) तपाइको पहिलो कृति “अनुहारमा आप्पा” बाट पाठकको कस्तो प्रतिक्रिया पाइरहनु भएको छ ?

करिब २०५२/०५३ साल देखि हालसम्म (२०७७) मैले रचना गरेको फुटकर कविताहरुलाई बुटुलेर कवि कृष्ण भुषण बल स्मृति प्रतिष्ठान बिराटनगरले ” अनुहारमा आप्पा ” नामक कविता कृती भर्खरै (२०७७ फागुन ) सार्वजनिक गरेको छ । यो महामारी र निशेधअाज्ञाको कारणले गर्दा उक्त कृति बजारीकरण गर्नमा प्रभावित नपारी रहन सकेन । कृतिलाई ब्यावस्थित तवरले प्रवर्दन गर्न सकिएन तर पनि जे जति बिज्ञ पाठक सामु उक्त कृति पुग्यो मैले नसोचेको प्रेम र सद्दभाव पाँए । केहि बिज्ञ पाठकहरुले फोन मार्फत यस कृतिमा भएको कविताहरु मन लोभ्याउने कुरा गर्नु हुन्छ । परिवर्तित स्वादका कारण (अलग अलग) कविता मिठास भएको साथै कतिअय कविताहरुमा आफ्नै अनुभुति भेट्टाएको कुरा गर्नुहुन्छ । यस्तो प्रतिक्रियाबाट म आफै सफल भएको ठानेको छु ।

३) लेखन यात्रा कसरी थाल्नु भयो ? र पहिलो रचना के थियो ?

मैले त अक्षर चिन्न थाले देखि नै लेख्न थाले हुँला ! क्यार सायद । तर शब्दहरु अझै स्पष्ट भैसकेको थिएनन । यसर्थ सुरुसुरुमा मैले लेखिन रचना गरे त्यो पनि कविता । जँहा कतै शब्द र कतै शब्द लेख्न नसकेर किरिङमिरिङ चित्रहरु कोरेको थिए ।

४) साहित्य तर्फ लाग्ने प्रेरणा तपाइले कहाँबाट र कसरी पाउनु भयो ?

” सुख भोग गर्न पाँउ ” भन्ने चाहाना सायद सबै मानिसमा हुँदा हो । मलाइ दुख र चोटहरुसंग डर लाग्थ्यो । (अब यसैमा रमाउन बानी परिसँके) यिनिहरु मेरो सबैभन्दा नजिकको साथि लाग्न थालेको छ । जब मैले आफ्ना दुखहरुलाई सिर्जनामा परिणत गर्न थाले तब मलाई आनन्द महशुस हुन थाल्यो । सायद म यसैको लतमा फस्न थालेकि ? यहि मेरो प्रेरणाको स्रोत बन्यो ।

) तपाइले बिशेष गरि आमाको बिषयमा मिहिन ढंगले कलम चलाउनु भएको पाइन्छ ? किन ?

आमा भन्ने शब्द नै काफि छ । जसको कोखबाट आएर हामिले संसार हेर्ने मौका पायौँ । जसको काखबाट लडि झरेपछि मात्र हामिले जीवन यात्रामा समाहित हुने मौका पायौँ । यदि आमा नहुँदो हो त यसरी तपाई र म बसेर कुराकानी गर्ने मौका पाउने थिएनौ । हैन र ?

) जिवन र साहित्य समन्धी तपाइको बुझाइ के छ ? कसरी लिनुहुन्छ ?

जीवन भोक्ता हो भने साहित्य भोग्य बस्तु हो । जुन साहित्यले जीवन छोएर मनलाई तृप्ति पार्न सक्दैन त्यो साहित्य होइन र जुन जीवनले साहित्यलाई उपभोग गर्दैन त्यो जीवनले पुर्णता पाउँदैन ।

) नेपालि साहित्य कुन बिद्या बढि समृध्द छ जस्तो लाग्छ ? किन त्यस्तो भएको होला ?

– नेपाली साहित्यको बिद्याहरुको बारेमा कुरा गर्नु भन्दा अगाडि यसका प्रकृतिका बारेमा थोरै कुरा गरौ कि जस्तो लाग्यो । – कथा पहाडी खोला जस्तै बिना रोक थोक सलल बगेको हुन्छ । निवन्धमा भावोत्तेजना मात्रहैन अनावश्यक बिचारहरु जेलिएको हुन्छ । रंगमञ्चिय परिकल्पनाको प्रचुरतामा चरित्रको सघन उपस्थितिले मात्र नाटकको रस्वस्वादन दिन सक्छ । कविता आफैमा शुत्रात्मक हुन्छ । साङ्गितिक अन्धकारलाई शुत्रात्मक शैलिमा विम्वकृत गर्न सक्नु नै कविताको गुण हो । अव साहित्यको बिद्याहरुलाई केको आधारमा समृध्द मान्ने ? – नेपाली साहित्यमा प्रकाशनको दृष्टिले हेर्ने हो भने आख्यान बिद्या समृध्द छ । प्रकाशन बढि भए पछि पढ्ने पनि निश्चय नै बढि हुने भैगयो । लेखन प्रभावकारिता र दिर्घकालिनताको दृष्टिले हेर्दा कविता बिद्या समृध्द लाग्छ । अहिलेको अवस्थामा नाट्य बिद्याले नेपाली साहित्यमा सघन उपस्थिति देखाउनु नसकिरहेको होकि जस्तो मलाई लाग्छ । रचनात्मक र प्राविधिक कमिकमजोरी तथा प्रसुतीमा रंगमञ्चको अभावको कारण यसओ हुन गएको हुन सक्छ ।

८) नेपालि साहित्यमा अब के लेखिनु पर्छ ?

– हामिले हाम्रो साहित्य अध्ययन र चिन्तनबाट जीवन जगत माथी प्रदर्शन गरिएको पण्डित्याइँ खुवै पढ्यौ तर त्यहाँ भित्र हामिले हाम्रो जीवन कहाँ छ ? भनेर खोज्ने प्रयास गरेनौ कि ? त्यसैले अबको साहित्य दिमाग चिथोर्ने खालको होइन अपनत्व भाव पैदा गर्ने , निजत्व प्रदर्शन गरि पथप्रदर्शक गर्ने हुनुपर्छ । एकले जित्दा अर्कोले हार्नुपर्ने चरित्रचित्रण अबको साहित्यमा हुनुहुँदैन । अहिलेको समय सबैले जित्न पर्ने जितैजितको समय हो । त्यसैले साहित्यमा हार र जित भन्दा पनि आफु र आफ्नोपनको प्रस्तुति भएर आउनुपर्छ ।

९) बौध्दिक क्षेत्रमा तपाइको समुदायबाट महिलाहरुको उपस्थिति कस्तो पाउनु हुन्छ ?

– मेरो समुदाय भन्नाले आदिवासी /जनजाती समुदाय भन्न खोज्नु भएको होला । यो सत्तापक्ष र शासक बर्गले हेर्ने दृष्टिकोण हो । हाम्रो सामाजिक संरचना र व्यावहारिक पाटोबाट हेर्दा हामि सबै एकै समुदायमा छौ , जस्तो मलाइ लाग्छ । हाम्रो समाजमा थोर बहुत छुवाछुत र भेदभाव रहि आएता पनि अव बिस्तारै समाजबाट हराउँदै जाने निश्चित छ । अब रहयो कुरा बौध्दिक क्षेत्रमा महिलाको उपस्थिति कस्तो छ ? अब समय महिलाहरु सक्षम सवल मात्र होइन सशक्त भएर आउदै हुनुहुन्छ । यस्तो उपस्थितिले नेपाली समाज सुन्दर र समृध्द हुने कुरामा म बिश्वस्त छु ।

१०) र अन्त्यमा अनुहारमा आप्पा किन पढ्ने ?

– मेरो कविता संग्रह ” अनुहारमा आप्पा ” नितान्त मेरो अन्तहृदयबाट फुत्किएको साङ्गितिक छाल हो । जसलाई पढ्नै पर्छ भन्ने मलाइ लाग्दैन तै पनि बिज्ञ पाठकहरुलाई यस भित्र के छ ? भन्ने खुलदुलि लागिहालेमा उक्त खुलदुलि मेटाउनुको लागि पहिलो पटक पढ्ने हो । फेरी यहाँ भएको कवितामा कतै मेरो कुरा त छैन भनेर खोज गर्न दोस्रो पटक पढ्ने हो र तेस्रो पटक चाँहि जीवन भोगाइको लागि सहजताको बाटो पहिल्याउनु पढ्नु पर्छ होला । यदि मेरो कविता पढेर बिज्ञ पाठकको।मन तृप्ति भयो भने म सफल भएको ठान्ने छु ।

कवि शम्चूको ”अनुहारमा आप्पा” कविता संग्रहमा रहेको कविता

माटो

माटो टेकेर
उभिएको जंगलले
हरियो पोल्टा खोलेर
पोखिदिन्छ वतास ।

माटो ढाकेर
उडिहिँड्ने बादलले
निलो सागर उघाएर
बर्षाइदिन्छ शितलता

माटो छोएर
बगिजाने पानीले
कन्चन रङ पोतेर
जोगाइदिन्छ प्राण

फुत्किएर
क्षितिजबाट घाम
माटोकै सुगन्ध पछ्याउँदै
उज्यालो बाँड्न हिँड्छ बिहान ।

माटोकै साहाराले
पुरिँदो रहेछ अभाव
आखिर माटाकै भरमा
चल्दो रहेछ जीवन ।।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x