अमेरिकाको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।

प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।

जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आक्रमण हुन थालेका छन् ।

चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मारिएकाहरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घाइते भएका छन् ।

एटलान्टा प्रहरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय – गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा– मा आक्रमण भएको र त्यहाँ चार जना महिलाको हत्या भएको जनाएको छ । प्रहरीले मारिने चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।

प्रहरीले उक्त तीनवटै आक्रमणमा रोबर्ट आरोन लोङ संलग्न रहेको आशंका गरेको छ ।

एटलान्टा प्रहरी प्रवक्ता सर्जेन्ट जोन चाफले प्राप्त प्रमाणहरुले उक्त तीनवटै आक्रमणमा चिरोकी काउन्टी निवासी रोबर्ट आरोन मुख्य आशंकित व्यक्ति रहेको भेटिएको बताए । उनले पक्राउ परेका व्यक्ति हाल प्रहरी हिरासतमा रहेको जानकारी दिए ।

प्रहरीले आरोनलाई एटलान्टाबाट करिब २४० किलोमिटर टाढाबाट गिरफ्तार गरेको थियो । मृत्यु भएका सबैलाई गोली लागेको प्रहरीको भनाई छ । अमेरिकी सङ्घीय जाँच ब्युरोले पनि उक्त घटनामा स्थानीय प्रहरीलाई अनुसन्धानका लागि सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

जोर्जियामा करिब पाँच लाख एसियाली मुलका व्यक्तिहरु बसोबास गर्दछन् अर्थात् त्यहाँको कूल जनसंख्याको करिब चार प्रतिशत एसियाली मुलका छन् ।

जोर्जियाको डेमोक्रेटिक पार्टीले मङ्गलबारको उक्त गोलीकाण्ड निकै भयानक र त्रासदीपूर्ण रहेको बताएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै एसियाली अमेरिकीमाथि भइरहेका तिरस्कारयुक्त घृणित अपराध अमेरिकाका लागि लज्जाको विषय रहेको भन्दै कडा शब्दमा निन्दा गरेका थिए ।उनले भनेका थिए, “यो गलत छ । यो गैर–अमेरिकी कदम हो । यसलाई रोक्नै पर्दछ ।”

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap