पुष २९।अष्ट्रेलियामा कोभिड-१९ संक्रमितको संख्या तिब्र गतिमा बढेको छ।हाल अष्ट्रेलियामा संक्रमितको संख्या महामारी सुरु भएयताकै उच्च बिन्दुमा पुगेको हो।

अष्ट्रेलियामा बिहीबार दैनिक संक्रमितको संख्याले नयाँ रेकर्ड बनाएको छ ।आज मात्र एक लाख ४७ हजारभन्दा बढी नयाँ संक्रमित थप र ५३ जना संक्रमितको मृत्यु भएको अलजजिराले जनाएको छ।तर अष्ट्रेलियामा ओमिक्रोनको लहरका क्रममा देखिएको मृत्यु दर यसअघिको भन्दा कम रहेको छ । १६ वर्षमाथिका ९२ प्रतिशतभन्दा मानिसले कोभिड खोपको दोस्रो डोज लगाइसकेका छन् । अस्पतालमा भर्ना हुने र आईसीयूमा उपचार गर्नेको कुल संख्या हालसम्मकै धेरै भएपछि स्वास्थ्य प्रणालीले बढ्दो संक्रमणसँग जुध्न सक्ने अधिकारीले बताएका छन् ।

यसैबीच, विश्व स्वास्थ्य संगठन (WHO)ले गत हप्ता विश्वभर कोभिड-१९ बाट अहिलेसम्मकै धेरै मानिस संक्रमित भएको जनाएको छ । जनवरी २ देखि ९ गतेको अवधिमा विश्वभर १ करोड ५० लाख कोरोनाबाट संक्रमित भएको संगठनको भनाइ छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x