धरान । गत जेठ १३ गते साँझ धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा आक्रमण गर्ने दुई जनाले जिल्ला प्रहरी कार्यालय धनकुटामा पुगेर आत्मसमर्पण गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी गोविन्द अधिकारीले दिएको जानकारी अनुसार धरान(१५ बस्ने ३२ वर्षीय रेगन राई, धरान(४ बस्ने ३० वर्षीय वसन्त राईले गए राति ११ बजे धनकुटाका जनप्रतिनिधि मार्फत आत्मसमर्पण गरेका हुन् ।

धरानवासीले प्रहरी चौकी आक्रमण गर्नेलाई धरान प्रहरीले पक्राउ गर्न नसकेको भन्दै सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् । उनीहरूले प्रहरी चौकीमा पुगेर प्रहरी माथि नै आक्रमण गर्नुका साथै तोडफोड गरेका थिए । उनीहरूलाई धरान प्रहरीले व्यापक खोजी गरिरहेको बेलामा उनीहरू धनकुटा पुगेर आत्मसमर्पण गरेका हुन् । आत्मसमर्पण गरेका दुबैलाई अहिले धरान पठाउने तयारी भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap