धरान । धरान १५ कोअस्थायी प्रहरी चौकी नयाँ बसपार्कमा अज्ञात समूहद्वारा झडप भएको छ । इलाका प्रहरी कार्यालय धरान संचारका अनुसार साँझ सात बजे झडप भएको हो ।

अज्ञात समूह मध्ये स्थानीयहरुका आधारमा केहीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका असई सुमन दाहाल, प्रहरी हवल्दार विजय यादव र प्रहरी जवान अरुण राजवंशी घाइते भएका हुन्।

धरानका इन्स्पेक्टर भीम राज राईका अनुसार घाइते दाहालको स्वास्थ्य अवस्था गम्भीर भएकाले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी कक्षमा उपचार भइरहेको छ।

अज्ञान समूह मध्येका दुई युवाहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको इन्स्पेक्टर राईले जानकारी दिए । अन्य फरार रहेका युवाहरुलाई प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x