मंगलबारे, मंसिर ०३ गते । कांग्रेसको आसन्न १४औं महाधिवेशनमा मोरङ क्षेत्र नम्बर १ “क” को उपसभापति पदमा दुई जनाको नाम चर्चामा छ । उर्लावारी-९ निवासी लोलिम पोमु लिम्बू र उर्लावारी-३ का राम तिम्सिना उपभासपति पदमा उठ्ने पक्का भएको छ । कांग्रेसका यी दुवै युवा नेताहरु क्षेत्रीय सभापति खड्ग फागो पक्षका हुन् । अझ नजिक चाही लोलिम हुन् ।


यी दुई उम्मेदवारका अर्को पक्ष भनेको दुवै स्वास्थ्य क्षेत्रसँग सम्बन्धित हुन् । लोलिम उर्लावारीको अरनिको अस्पतालका अध्यक्ष हुन् भने राम फार्मेसीका सञ्चालक । लोलिम र रामको अर्को समान पक्ष भनेको दुवै सामाजिक कार्यमा क्रियाशील छन् । लोलिम उर्लावारीको प्रभावशाली नेता र व्यक्तिहरुसँगको सम्बन्ध राम्रो छ भने रामको स्थानीयस्तरमा । राम उर्लावारी-३ का जनप्रतिनिधि हुन् । सामाजिक संस्थाहरुको आबद्धताको कुरा गर्ने हो भने रामभन्दा लोलिम धेरै संघसंस्थामा आबद्ध छन् । राम स्पष्ट वक्ता हुन् भने लोलिम कुटनीतिक शैली अपनाउँछन् । यी त भए यी दुई उम्मेदवारका स्वभाव र आबद्धता ।


राम उर्लावारीमा २०५८ सालदेखि औसषि व्यवासय सञ्चालन गर्दै आएका छन् । कांग्रेसमा २०६२ सालदेखि आबद्ध उनी व्यवसायिक सफलताकै कारण जनप्रतिनिधिको टिकट पाए, बाजी पनि मारे । लोलिमको पुष्टभूमि पनि कांग्रेसमा पुरानो हुने । केही समय विदेश,काठमाडौं बसाइ हुँदै उर्लावारीमा सामाजिक कार्यमा सक्रिय छन् ।


दुवै उम्मेदवारहरुले कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउँदै संगठनलाई चलायमान बनाएर अगाडी लगाउने प्रतिबद्धता व्यक्त गरेका छन् । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन भूमिका खेल्ने, संगठनलाई बलियो बनाउने भन्दै दुवैले उम्मेदवारी दिएक हुन् ।
कांग्रेसभित्र राम र लोलिमको चर्चा गरिरहँदा उनीहरुसँगका अन्य प्रतिस्पर्धीहरु भने दुवैलाई (ईर्ष्या) गर्छन् । दुवैले पार्टीभित्र र सामाजिक क्षेत्रमा छलाङ मारेकाले उनीहरुको सफलतालाई कतिपयले स्वीकार गर्न हिच्किचाउँछन् । रामको सफलतालाई स्थानीय स्तरमा उनका प्रतिस्पर्धीहरु स्वीकार गर्न चाहदैनन् भने लोलिमको सफलता र फड्कोलाई कतिपय उनको उमेरका युवा कांग्रेसीले (ईष्या) गर्छन् ।
क्षेत्रीय चुनावमा खड्ग फागोले जसलाई समर्थन गर्छन् उसैले जित्ने सम्भावना छन् । राम र लोलिमको कुरा गर्दा फागो लोलिमसँग अझ नजिक छन् ।
संगठन र समाजमा उत्तिकै लागि पर्ने यी युवाहरु कांग्रेसलाई बलियो बनाउने प्रतिबद्धता गरेका छन् ।
(श्रोात ः मंगलबारे पेज )

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x