पुष २१।पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आज देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा हिमपात र केही ठाउँमा वर्षाको सम्भावना रहेको छ ।

उक्त प्रणालीको प्रभाव आगामी शनिबारसम्म कायम रहने जल तथा मौसम विज्ञान विभागले जनाइएको छ।यो मौसमी प्रणालीका कारण हवाई क्षेत्र, पर्वतारोहण, कृषि, यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले सबैमा सचेत गरेको छ ।

आइतबारदेखि यो प्रणाली कमजोर हुँदै मौसममा क्रमिकरूपमा सुधार हुने देखिएको जनाईएको छ ।आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.८ डिग्री र अधिकतम तापक्रम १८.० डिग्री सेल्सियस रहेकोछ ।

आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ०.५ डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस रहेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x