कविता – अद्रिअनो दिनु थापा ।।

कहिले काँही मेरा मनका नजरहरुले
चिहाएर हेरि दिन खोज्छ तिमीलाई
कहिले काँही मेरा रहरका पाईलाहरुले
टक्क अडि पर्खि दिऊ कि भन्छन् तिमीलाई ।।१।।

शिशिरको यो ब्यग्र कठ्यांग्रीने दिनहरुले
बेहाल बनि कुरेर बसेका हुन् कि तिमीलाई
निषपट यो अन्धकारको घुम्टो ओडी चिसो रातहरुले
न्यानो स्र्पषको आशमा पर्खेर बसेका हुन् कि तिमीलाई ।।२।।

प्रतिक्षामा रोई बगेर जाने ति शितहरुले
सुनौलो बिहानीको पुकारमा झक्झक्याई रहेछन् तिमीलाई
ओईलाएको फुल सरह ति ढल्ने साँझहरुले
गोधुलीको रंग बर्साई देऊ भन्छन् तिमीलाई ।।३।।

ती कुईरो भित्र गुटमुटिएका सूर्यका किरणहरुले
बाटो बिराई खोजी रहेका छन् तिमीलाई
ति पूर्णीमाको जून र टल–पल ताराहरुले
अन्धकार भित्रै खोजी रहेका छन् तिमीलाई ।।४।।

अबिलम्ब नगरी “आऊ है बसन्त” कुरेर बसेका छौ तिमीलाई

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x