धरान । कोरोना महामारीकाबीच आकाशेपुल शिलन्यासको तयारी गरेका मन्त्री र मेयर मुख्यमन्त्रीको निर्देशनपछि पछि हटेका छन् ।

बुधबार बेलुका आकाशेपुल शिलन्यास गर्ने तयारीमा रहेका विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली र प्रदेश १ भौतिक पूर्वाधार मन्त्री अम्बिरबाबु गुरुङ मुख्यमन्त्री शेरधन राईको निर्देशनपछि पछि हटेका हुन् ।

बुधबार बेलुका ५ बजे विराटनगरको घाँस चोकमा पुल शिलन्यास गर्न भन्दै शहरी विकास तथा भवन कार्यालयलका प्रमुख मिलन आचार्यले शिलन्यासका लागि निमन्त्रणा पठाएका थिए ।

अन्तिम समयमा मुख्यमन्त्रीले रोक्न निर्देशन दिएपछि शिलन्यास रोकिएको हो । ‘यस्तो बेला शिलन्यासको कार्यक्रम राख्न हुदैन् भन्दै मुख्यमन्त्रीले रोक्नुभयो,’ मुख्यमन्त्रीका प्रेस सल्लाहकार ध्रुव सुवेदीले भने,‘मुख्यमन्त्रीको निर्देशनपछि शिलन्यासको कार्यक्रम रोकियो ।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x