पुष १५। हिजो, बुधबारको तुलनामा आज मौसममा धेरै सुधार भएसंगै हवाई उडान पुन:सञ्चालनमा आएको छ । बुधबार दिभर मौसम प्रतिकुल भएकोले आन्तरिकतर्फका उडान प्रभावित भएको थियो।आज भने विहानैदेखि मौसममा सुधार आएसंगै पुनः नियमित उडान सुरु भएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका आज काठमाडौंबाट हुने आन्तरिकतर्फका उडान नियमित नै भइरहेका छन् ।बुधबार प्रतिकूल मौसमका कारण काठमाडौंबाट हुनुपर्ने १३० वटा दुईतर्फी उडान स्थगीत भएका थिए।

आन्तरिक उडान गर्दै आएका नौ वटा वायुसेवाले बुधबारका लागि २७२ वटा उडान गर्ने तालिका बुझाए पनि प्रतिकूल मौसमका कारण वायुसेवाले बुधबार साँझ अबेरसम्म १४२ वटा मात्रै उडान गरे भने १३० वटा उडान रद्द गरिएको थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x