धरान, १६ कार्तिक। नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईले आज प्रदेश १ को मुख्यमन्त्रीको सफत लिने भएका छन् । आज दिउँसो २ बजेका लागि शपथ ग्रहणको समय तोकिएको छ ।

यसअघिका मुख्यमन्त्री एमालेका नेता भीम आचार्यले सोमबार राजीनामा दिएका हुन् । गठबन्धन दलका सांसदहरूले नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष दाबी पेस गरेका हुन् ।

सोमबार दिउँसो प्रदेश प्रमुख सोमनाथ अधिकारी समक्ष सांसदहरूले राईको नेतृत्वमा नयाँ सरकार गठनका लागि दाबीपत्र बुझाएका हुन् । प्रदेश प्रमुख अधिकारीले पत्र बुझ्दै आज दिउँसो शपथ ग्रहणको समय तोकेका हुन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x