मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) : मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । आम्दानी बढाउने काम सुचारू गर्न सकिनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) : साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । धार्मिक यात्राको योग पनि रहेको छ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा ): सहयोगी हातहरू अघि बढ्नेछन् । आफन्तको प्रगतिमा मन रमाउनेछ । व्यापार व्यवसायमा फाईदा होला । पुनर्मिलनको योग पनि रहेको छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेसक्छ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो ) : आज शुभ समाचार सुन्न पाइनेछ । मित्रबाट विशेष सहयोग मिल्नेछ । बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुनेसक्छ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे ) : आज धार्मिक र मनोरञ्जनात्मक क्षेत्रमा भ्रमण हुनसक्छ । दाजुभाइ वा नजिकका मित्रले सकेको सहयोग र सद्भाव प्रदान पनि गर्नेछन् ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) : जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म‚ कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) : मंगल कार्यको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । पारिवारिक सद्भाव बढ्नेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ ।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) : आज धर्म कर्म र सामाजिक कार्यमा मन जानेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) : स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । आफ्नो अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । शैक्षिक क्षेत्रपनि कमजोर रहने देखिन्छ ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) : इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) : आज अतिथिको रूपमा सत्कार पाइएला । रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुनेछ । आफ्नै दक्षतामा कार्यहरू सम्पन्न हुनेछन् ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) : अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । योजना गोप्य राखेर अघि बढ्नुहोला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap