पथरी : मोरङको पथरीशनिश्चरेमा सम्पन्न पाचौं अन्तर्राष्ट्रिय आमन्त्रण रिफ्युजी च्यालेन्ज कप फुटबलको उपाधि आयोजक यूथ फ्रेन्ड्ली सेन्टर (वाईएफसी) पथरीशनिश्चरेले जितेको छ ।

आज बिहीबार सम्पन्न फाइनल खेलमा योङ ब्रदर सिरिजङ्गालाई २-० गोलले पाखा लगाउँदै आयोजकले उपाधि कब्जा गरेको हो ।

खेलको २२ औँ मिनेटमा गोल गर्दै अग्रता लिएको आयोजकले ६६ औँ मिनेटमा अग्रता दोब्बर बनाउँदा समेत सिरिजङ्गाको तर्फबाट कुनै गोल हुन नसक्दा सिरिजङ्गा नतिजा सुम्पँदै उपविजेतामा सीमित बनेको हो ।

आयोजकका लागि पहिलो गोल विक्रम लिम्बुले फ्री-किक मार्फत गरेका थिए भने दोश्रो गोल निशान लिम्बुले गरे ।

सिरिजङ्गाका लागि राजकुमार कन्दङ्वाले प्रहार गरेको कर्नर किकमा सुजन चौधरीले आकर्षक हेड मार्फत गोलको प्रयास गरेपनी आयोजकका गोलरक्षक विशाल दर्लामी मगर बाधक बन्दा सिरिजङ्गाले गोल गर्न सकेन।

दुवै टिमले पाएको केही अवसरहरू भने विफल भएका थिए । फाइनल खेलको मेन अफ द म्याच आयोजक टोलीका विक्रम लिम्बू घोषित हुँदै नगद २ हजार ५ सय रुपैयाँ प्राप्त गरे।

प्रतियोगिताको विजेता बन्दै आयोजकले नगद १ लाख १ हजार रुपैयाँ प्राप्त गरेको छ भने उपविजेता बनेको सिरिजङ्गाले ५१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक आयोजकका छिरिङ तामाङ, उत्कृष्ट फर्वाड आयोजकका उमेश राई, उत्कृष्ट डिफेन्स आयोजकका पदम भट्टराई घोषित भएका छन् । प्रतियोगिताको सर्वाधिक गोलकर्ता भने सिरिजङ्गाका सन्तोष न्यौपाने बनेका छन् ।

उनले आयोजक (बि) सँगको एकै खेलमा ५ गोल गरेका हुन। त्यसैगरी प्रतियोगिताको उत्कृष्ट मीड फिल्डर सिरिजङ्गाका राजकुमार कन्दङ्वा घोषित भए भने उदयमान खेलाडी आयोजक बि का नीरज परियार बनेका छन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आयोजक वाइएफसीका नवीन गुरुङ बनेका छन् । सम्पूर्ण विधागत पुरस्कारहरूको राशि समान ५ हजार रहेको छ । प्रतियोगिताको उत्कृष्ट प्रशिक्षकको उपाधि विजेता टोलीका प्रशिक्षक युवराज साम्पाङले पाएका छन् ।

प्रतियोगिता यूथ फ्रेन्ड्ली सेन्टरको आयोजना र सेक्टर आई फेमीली अमेरिकाको मुख्य प्रायोजनमा सम्पन्न भएको हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap