पुष ३०। नेकपा एमाले सुनसरीको अध्यक्षमा इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरी पराजित भएका छन् । मंगलबार सम्पन्न निर्वाचनको अन्तिम मत परिणाममा चौधरीले सय मत पनि कटाएनन् । मेयरमा विजयी भएसँगै निक्कै चर्चामा आएका चौधरी पार्टीभित्र पनि अलोकप्रिय देखिए।

बिहीबार साँझ सम्पन्न मत परिणाममा उनले ८० मत मात्र पाएका हुन् । कुल २१५० प्रतिनिधि मध्ये १८०५ मत खसेकोमा चौधरीले लज्जास्पद हार बेहोरेका छन् ।

जिल्ला अध्यक्षमा विजयी भण्डारीले ९२० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी खेमराज पोखरेलले ७७५ मत पाए ।पूर्व अध्यक्ष समेत रहेका चौधरी देशैभरमा चर्चित नाम हो । नाकको डाढी भाँच्ने अभिव्यक्ति देखी कर्मचारी कुट्ने लगायत प्रकरणमा उनी चर्चित भएका थिए । भ्रष्टाचार विरोधी देखिएका उनले कुनै प्रगति देखाउन नसकेपछि कार्यकर्ता पनि असन्तुष्ट रहेको देखिन्छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x