इटहरी (तेजबहादुर बन) प्रदेश एकको बिभिन्न शहरहरूमा छाता झुण्डाएको त हामिले देखिसकेका छौ तर सुनसरीको इटहरीमा भने ग्राहकहरूलाइ लोभ्याउन राष्ट्रिय झण्डा लगाइएको छ ।

केहि समय अघि इटहरीको बिशाल बजारमा यसरी नै छाता झुण्डयाइएको थीयो । छाता राख्दा ग्राहकहरू आकर्षित भएसंगै अहिले बिशाल बजारकै एक साइडमा नेपाली राष्ट्रिय झण्डा फहराइएको छ । कोरोना भाइरसका कारण नौ महिना ब्यवसायिहरूले भोग्नुपरेको पिडा र चौपट बनेको ब्यवसायलाइ थोरै भएपनि राहत हुन्छ भनेर ग्राहक लोभ्याउनकैलागि बजार क्षेत्रमा झण्डा राखिएको ब्यवसायिहरूले बताएका छन ।

अहिले सो क्षेत्रमा झण्डा राखेसंगै टिकटक तथा सामाजिक सञ्जालहरूमा तस्विर राख्नेहरूको लर्काे लाग्ने गरेको छ । यस अघि इटहरीकै बिशाल बजारमा ग्राहकहरूलाइ लोभ्याउन भनि छाता राखिएको छ ।त्यसैको सफलता पछि आसपास राष्ट्रिय झण्डा राखिएको हो । अरूबेला स्थानीय ग्राहकहरू पसल सम्म आएर केहि नसोधि गएपछि केहि नया गरौ भन्ने उद्येश्यले बजारमा झण्डा राखिएको बिशाल बजारकि ब्यवसायी स’निता तिवारी ह’मागाईल बताइन ।

उनले कोरोना महामारीले पारेको प्रभावलाई भ’लेर मनोरञ्जन गर्न सँगै ग्राहकको आर्कषण बढाउन झण्डा राखिएको पनि बताइन ।

जमाना प्रविधिमय बनेकोले केहि नयाँ अभ्यास गरौ जसले राष्ट्रिय स्तरमा इटहरीलाइ चिनाउन प्रोत्साहन संगै यस क्षेत्रका ब्यवसायलाइ पनि टेवा पुगोस भन्ने उद्येश्यले यस्तो गरिएको ब्यवसायी एवम उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष दिवस पोख्रेलले बताए ।

उनले आइतबार बिहान मात्रै बजारमा झण्डा राखिएको तर झण्डा राखिएको केहि समयमै टिकटक लगायत सामाजिक सञ्जालहरूमा तस्विर अपलोड गर्ने संगै ब्यवसायमा पनि राम्रै कारोवार भइरहेको बताए ।

त्यस्तै अर्का ब्यवसायी तुलशी कार्किका अनुसार पहिला यहि बाटो नहेरी जाने ग्राहकहरू अहिले यहाका सबै पसल हेर्ने र फेशबुकमा फोटो अपलोड गर्नकै लागि भएपनि आउने गरेको बताउछन । यसरी झण्डा राख्दा ब्यवसायसंगै मनोरञ्जनको माध्यम पनि बनेको उनको तर्क छ ।

यता बिशालबजारमा झण्डा राखेको बिषयमा ग्राहकहरू पनि खुशि देखिएका छन । इटहरीको बजारमा केहि नभए जस्तो अनुभव हुन्थीयो तर अब शहर नै मनमोहक जस्तो लाग्छ बजार गर्न आएकी रत्न तामाङ बताउछिन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x