इटहरी(तेजबहादुर बन) इटहरीमा रहेका अधिकांस मेनपावर कम्पनिहरू गैरकानुनी तवरबाट सञ्चालन हुने गरेको पाइएको छ । बैदेशिक रोजगार बिभागको टोलिले हालै अकस्मात गरेको छडके अनुगमनबाट यस्तो पाइएको हो । स्थानीयहरूले धेरैजसो मेनपावरहरूमा ठगिको धन्दा हुने गरेको र आफुहरू लुटिनु सम्म लुटिएको गुनासो बढेपछि बिभागले इटहरीमा अचानक छापा मारेको थीयो ।

सोहि क्रममा इटहरीको धरान लाइनमा सञ्चालित धेरै जसो मेनपावरको सम्पर्क कार्यालयहरू गैरकानुनी रूपमा सञ्चालन हुने गरेको पाइएको थीयो । बाहिर बोर्ड एउटा तर भित्र कम्पनि अर्कै , अरूको डिमाण्ड चोरी गरेर स्थानीयबाट राज्यले तोकेको भन्दा तेब्बर रकम असुलेको , नक्कली प्रमाणपत्र बनाएर शाखा भनेर झुक्याएको , धेरै दिन सम्म पासफोट लुकाएर राखेको जस्ता गैर कानुनि काम मेनपावरहरूबाट हुने गरेको अनुगमनबाट फेला परेको छ ।

बिभागबाट खटिएको टोलीले इटहरी स्थित मेमोरियल ट्राभल एण्ड टुर्सको. नाममा नक्कली मेनपावर सञ्चालन गरी रकम लिएको भन्दै सो कार्यालयमा ताला लगाएको छ । त्यस्तै एचआर इन्टरनेशनल इम्प्लोइमेन्ट सर्भिस प्रालिले नक्कली प्रमापत्र बनाइ सञ्चालन गरी रहेको पाइएपछि उक्त कम्पनीको पनि कागजपत्र बिभागले बरामद गरेको छ ।इटहरीमा अचानक बिभागको टोलिले अनुगमन गरेको जानकारी पाएपछि धेरै जसो मेनपावर ब्यवसायिहरूले आ आफ्नो सम्पर्क कार्यालय बन्द गरि फरार भएका थीए ।

टोलिले इटहरीमा एक दर्जन बढी मेनपावरको शाखाहरूमा अनुगमन गरेको थीयो । बैदेशिक रोजगारमा जानेहरूबाट मेन पावर कम्पनिले दुख दिएको धेरै गुनासो आएपछि अचानक छापा मारिएको बैदेशिक रोजगार बिभागका शाखा अधिकृत तिर्थराज कट्टेलले बताए । इटहरीमा मात्र नभइ प्रदेश एकको मेनपावर शाखाहरूमा अवैध गतिविधि हुने गरेको मुद्धा बिभागमा आउन थालेपछि के रहिछ बुझौ भनेर अचानक छडके अनुगमन गरिएको र अनुगमनकै क्रममा धेरै जसो मेनपावरहरू अवैध भेटिएको अर्का शाखा अधिकृत कुशल बरालल बताए । अब नियमित अनुगमन हुने पनि उनले जानकारी दिए ।

इटहरीमा करीब २ शयको हाराहारीमा मेनपावरका शाखाहरू रहेको भनिएपनि अहिले सम्म ७ वटाले मात्र कानुनि प्रकृिया पुरा गरेको बिभागको प्रतिवेदनमा उल्लेख गरिएको छ । त्यस्तै ८०० जना भन्दा बढी गैरकानुनी ढंगबाट यस कार्यमा सम्मलित भएर काम गरिरहेको पनि बिभागले प्रतिवेदनमा उल्लेख गरेको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x