इटहरीः इटहरीमा टिपर ‘ब्याक’ गर्दा ठक्करले एकजनाको मृत्यु भएको छ । इटहरी–१ आँपगाछी चौकस्थितमा टिपर पछाडि सार्ने क्रममा ठक्कर लागी पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही स्थानका ७२ वर्षीय पूर्णबहादुर गुरूङ रहेका छन् ।धरान आउन लागेको टिपरले कोशी राजमार्गको इटहरी खण्डको आदर्श मार्ग गेट छेऊमा उनलाई ठक्कर दिएको थियो । दिउँसो सवा २ बजे सडक साइडमा रोकी राखेको प्रदेश १–०२–००१ ख ४६६५ नम्बरको टिपर पछाडि सार्ने क्रममा गुरुङलाई ठक्कर दिई घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । टिपर र चालक इटहरी १९ बरगाछीका २९ वर्षीय अनिल चौधरी प्रहरीको नियन्त्रणमा रहेको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका डिएसपी सुमन तिम्सिनाले जानकारी दिए ।

ट्रिपरको ठक्करबाट एक वृद्धको घटनास्थलमै मृत्यु भएपछि आक्रोशित स्थानीयले इटहरी–धरान सडक खण्ड अवरुद्ध पारेका छन् । स्थानीय सडकमा उत्रिएका थिए । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।(News Source : हाम्रो कोशी आवाज

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap