इटहरी । कोरोना भाईरसका कारण सुस्ताएको खेलकुद क्षेत्रलाई गति प्रदान गर्ने उद्धेश्यले सुनसरीको इटहरीमा प्रदेस स्तरीय खुल्ला तेक्वादो प्रतियोगिताको आयोजना हुने भएको छ ।

चन्द्रमा तेक्वादो डोजागं , सनसाइन तेक्वादो डोजागं र विराट टेलिभिजनको आयोजनामा यही फागुन १४ र १५ गते इटहरी रगंशालामा प्रतियोगिताको आयोजना गरिने पत्रकार सम्मेलन गरि आयोजकले जानकारी गराएका हुन ।

प्रतियोगितामा प्रदेस नम्बर १का ११ जिल्लाका ४सय बढी खेलाडीहरुको सहभागिता हुने आयोजक विराट टेलिभिजनका विकल पौडेलले वताए ।

प्रतियोगिता अन्र्तगत ३५वटा फाइट र १२वटा पुन्से समावेश गरिएको पत्रकार सम्मेलनमा आयोजक सनसाइन तेक्वादो डोजागंका सतिश काफ्लेले जानकारी दिए । उनले पुरुष तर्फ विभिन्न तौल समुहका १७वटा फाइट र महिला तर्फ १८वटा फाइट रहने समेत वताए ।

प्रतियोगिता आयोजनाका विषयमा जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा संयोजक कुमार गुरुगंले कोरोनाका कारण लामो समय देखि खेलकुदका गतिविधिहरु हुन नसकिरहेको तर्फ मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गर्न लागिएको वताए । प्रतियोगिताका लागि सात लाख बढी खर्च हुने अनुमान गरिएको छ ।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap