इटहरी ( तेजबहादुर बन) तिजकाे बेला रमाइलाे गर्ने धुनमा इटहरी ६ कि नितु शर्माले अाफ्नाे माेबाइल चाेरी भएकाे पत्तै पाइनन । जब माेबाइल खाेज्दा भेटिनन तब उनले चाेरी भएकाे महसुस गरिन र साथीहरूकाे सहयाेगले इलाका प्रहरी कार्यालय सम्म पुगि निवेदन दर्ता गरिन । प्रहरीले चाेरी भएकाे साढे ४ महिना पश्चात उनलाइ फाेन गरेर माेबाइल भेटिएकाे र लिन अाउन जानकारी दिएपछि उनकाे खुशिकाे कुनै सिमै रहेन । 

माेवाइल लिन प्रहरी कार्यालय अाउदा  अाफुले माया मारिसकेकाे बस्तु यसरी भेटिन्छ र खुशि मिल्छ भन्ने  एक मन पनि नसाेचेकाे बताइन । उनले माेबाइल समाउदै प्रहरीलाइ धन्यवाद पनि दिइन र हास्दै बाहिरिइन । त्यस्तै इटहरी २० तरहराका भुवन पाेख्रेलले पनि माया मारिसकेकाे माेबाइल प्रहरीले फेला पारेर दिएपछि खुशि हुदै बाहिरिएका थीए । उनले पनि भेटिन्छ भन्ने अाश चै नगरेकाे तर भेटियाे खुशि लाग्याे भन्दै बाहिरिए । यसैबिच इलाका प्रहरी कार्यालय इटहरीले शुक्रबार चाेरी भएका तथा हराएका बिभिन्न ब्राण्डमा ३० थान माेबाइलहरू सम्बन्धित धनिहरूलाइ बुझाएकाे छ ।

माेबाइल धनिहरूले चाेरी भएकाे वा हराएकाे भनि उजुरी दिएकाे अाधारमा खाेजि गरी फेला परेकाे खण्डमा उनिहरूलाइ कार्यालयमा बाेलाइ माेबाइलहरू फिर्ता गरिएकाे इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरिक्षक ( डिएसपी ) अर्जुन केशिले बताए । प्रहरीले बिभिन्न समयमा फेला पारि बुझाएकाे ३० थान माेबाइलकाे बजार मुल्य हालकाे ५ लाख ५३ हजार ३ शय रहेकाे छ । हराइसकेकाे र माया मारिसकेकाे माेबाइलहरू प्रहरीले फेला पारी सम्मान पुर्वक फिर्ता गराउदा सम्बन्धित धनिहरू पनि खुशि देखिएका थीए । इलाका प्रहरी कार्यालय इटहरीमा CDR शाखा स्थापना भएपछि माेबाइल चाेरी तथा हराएकाे भनि उजुरी अाउनेहरूकाे संख्या बढदाे छ ।  माेबाइल चाेरी पश्चात सम्बन्धित धनिले दिएकाे उजुरीकाे अाधारमा प्रहरीले माेबाइलकाे खाेजि सुरू गर्ने गरेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । हराएकाे तथा चाेरी भएका माेबाइलकाे EMI काेड मार्फत कस्ले र कुन लाेकेसनमा प्रयाेग गरिरहेकाे छ साे सजिलै पत्ता लाग्ने  प्रहरीकाे भनाइ छ । कुनै माेबाइल त हराएकाे २४ घण्टा भित्रै पनि फेला परेकाे छ भने केहि चै ढिलाे गरि पत्ता लागेकाे प्रहरी भनाइ छ ।   

माेबाइल चाेरी भएका घटनाहरू बढेसंगै उजुरीकाे चाङ लाग्न थालेपछि इलाका प्रहरी कार्यालय इटहरीले गत २०७६ साल बैशाख ६ गते देखि CDR शाखाकाे स्थापना गरी कार्यानवयनमा ल्याएकाे थीयाे । उक्त शाखा गठन गरेकाे पहिलाे महिनामै प्ररीले ५६ वटा बिभिन्न ब्राण्डका माेबाइल सेट फेला पारी सम्बन्धित धनिहरूलाइ बुझाउन सफल पनि भएकाे थीयाे । प्रहरीले हाल सम्म ३६४ थान माेबाइल सेटहरू फेला पारी सम्बन्धित धनिहरूलाइ बुझाइसकेकाे जनाएकाे छ तर केहि माेबाइल धनिहरू भने सम्पर्क बाहिर रहेका कारण उनिहरूले भने नलगेकाे र प्रहरी कार्यालयमा सुरक्षित रहेकाे जनाइएकाे छ । प्रहरीले CDR शाखा स्थापना पछि हाल सम्म अाइपुग्दा करी ९६ लाख २८ हजार २० रूपैयाकाे माेबाइलहरू फेला पारी सम्बन्धित धनिहरूलाइ बुझाइ सकेकाे जनाएकाे छ । 

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap