तेजबहादुर बन

इटहरी (तेजबहादुर बन)पटक पटकको बिवादका कारण रोकिदै , निर्माण हुदै गरेको रानी बिराटनगर , धरान – इटहरी ६ लेन राजमार्ग अन्तरगत इटहरीमा एक पक्ष निर्माण प्रकृिया अघि बढेको छ । इटहरीको बिराटनगर रोड स्थित घर धनिहरूको अवरोधका कारण राजमार्ग एक तर्फि मात्रै मर्मत भएको हो ।

पछिल्लो समय सर्वोच्च अदालतले क्षतिपुर्ति संगै मुआब्जाको पनि कुरालाइ प्राथमिकता दिएपछि इटहरीमा एक पक्षिय राजमार्ग निर्माण थालीएको हो । यसो गर्दा एक तर्फि मात्रै २० फुट बढाएर राजमार्ग बिस्तार भइरहेको पाइएको छ ।

तत्काललाइ एक तर्फि मात्रै बनाउन सुरू गरिएको ६ लेन राजमार्ग परियोजना प्रमुख बद्री शर्माले बताए । अदालतले नै मुआब्जाको कुरा उठाएपछि परियोजना छलफलमा जुटेको कारण तत्काल एक तर्फिमात्रै चौडाइ बढाएर सडक निर्माण थालिएको परियोजना प्रमुख शर्माको भनाइ छ । यस अघि सर्वोच्च अदालतले इटहरीको घरधनिहरूको हकमा फैशला जारी गरेको थीयो ।

सडक निर्माणलाइ प्राथमिकता दिन र निर्णयबारे पुनःबिचार गरिपाउ भनि केन्द्रिय सरकार अन्तरगत सडक बिभाग समक्ष डेलिगेसन पुगिसकेको र त्यहाबाट निर्णय भए लगत्तै निर्माण प्रकृियालाइ अघि बडाइने उनको भनाइ छ । बिराटनगर रोडस्थित घरधनिहरूको अवरोधका कारण सडक निर्माणले नयाँ गति लिन सकेको छैन । एक तर्फिमात्र निर्माण थाल्दा सडक संगै शहरको शौन्दर्य अवस्था वारी चिटिक्क पारी भद्रगोल देखिएको छ ।

सडक निर्माणले प्राथमिकता पाए बिराटनगर रोडमा मात्रै ५५ वटा भन्दा बढी भवन तथा भौतिक संरचनाहरू भत्कने छन ।यस अघि पनि निर्माण चलिरहदा सडक विस्तार आयोजना इटहरीले इटहरी देखि तरहरा सम्मका १२७ वटा घरहरू भत्काइ निर्माण गरेको थीयो ।

भत्किएका भवनहरूको बिषयमा उचित क्षतिपुर्ति दिलाउन आयोजनाले यस अघि नै सम्बन्धित पक्षलाइ बिवरण पठाइसकेको छ । सडक निर्माणको बिषयमा इटहरीका मेयर द्धारिकलाल चौधरी संग बुझदा उनले तत्काल यो विषयमा केहि नबोल्ने भन्दै पन्छिएका छन ।

यता तोकिएको समयमै सडक निर्माणले सार्थकता नपाउदा इटहरी अर्काे समस्यामा फसेको छ । एक त दैनिक साघुरो बनेको सडक त्यसमा पनि पार्किङ अभाव चर्किएपछि शहरको स्वरूप नै बिग्रदै गएको छ । बढदो सवारी चापका कारण दैनिक पैदल यात्री एवम सर्वसाधरणहरू धुलो र धुवाको शिकार बनिन पुगेका छन भने स्वास्थ्यमा पनि प्रत्यक्ष असर परिरहेको पाइएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x