धरान (✒संजिता धमला) उच्च अदालत विराटनगर, इलाम इजलासमा कार्यरत कार्यालय सहयोगी ४८ वर्षीय महिला कर्मचारी विमलाकुमारी पराजुलीको हत्या आरोपमा प्रहरीका असई युवराज बानियाँ पक्राउ परेका छन् ।

प्रारम्भिक अनुसन्धानबाट महिलाको हत्यामा बानियाँको संलग्नता देखिएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक ( एसपी ) महेन्द्र श्रेष्ठले जानकारी दिए । बनियाँ सोही इलाम इजलासका १ नं (मूख्य ) न्यायाधीस शिवनारायण यादवका बडी गार्ड हुन ।

संघिय इकाई प्रहरी कार्यालाय धरानको केनाइन शाखाको ३ वर्षीय ट्याकर डग पिकुले ४८ वर्षीय बानियाँयालाई संकेत गरी घटना स्थलमा अन्य केही (क्लू ) प्रमाणहरु नभए पनि पिकुले गन्धको आधारमा नै अपराधि बाँनियाले प्रयोग गरेको बाटो देखाउँदै घटना स्थल देखि २ मिटर टाढा बाँनियाको कोठामा समेत पिकुले अपराधी भएको संकेत गरेको थियो ।

घटना घटेको १२ घण्टा पछि हत्यारा प्रहरी नियन्त्रणमा आएका हुन्। पराजुलीको घाँटी थिची हत्या गरेको र शव अदालत परिसरको झाडीमा लुकाएको अनुसन्धानबाट खुलेको छ । मृतक महिला कार्यालयकै पोसाकमा मृत फेला परेकी थिइन्।

मृतक महिला र बानियाँबिच अवैध सम्बन्ध रहेको र आर्थिक लेनदेनको विषयमा विवाद हुँदा हत्या भएको बताइएको छ । बाँनियाले घर समेत बनाउँदै आएकाले आफूले दिएको २ लाख बढी पैसा मागेको र महिलाले दिन नसक्दा बानियाँले पराजुलीको हत्या आइतबार साँझ गरेको स्वीकार गरेका छन् ।

बानियाँ अदालत परिसर भित्रै क्वाटरमा बस्दै आएका थिए । भने दुबैको १ वर्ष लामो समय देखि प्रेम सम्बन्ध रहेको र मृतक महिला बाँनियाकै डेरामा बस्ने गरेको समेत खुलेको छ । मृतक र बाँनिया दुबै विवाहित हुन्।

बाँनियालाई कर्तव्य ज्यान मुद्यामा म्याद थप गरी थप अनुसन्धानको लागि म्याद थप गरी पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो । बानियाँ २०७३ सालदेखि उच्च अदालत विराटनगर, इलाम इजलासका न्यायाधीस यादवको बडी गार्डको रुपमा कार्यरत थिए । बाँनिया हाल नेपाल प्रहरीबाट निलम्बित भएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x