धरान, २५ कार्तिक। छठ पर्वको चौथो दिन आज , सूर्यको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदै समापन।

धरान सहित तराईका जिल्लाहरूमा अहिले छठ पर्वको लोकप्रियता बढेको छ । छठको अन्तिम दिन आज बिहान उदाउँदो सूर्यको पूजाआरधना गरी अर्घ दिइँदै छठ पर्व समापन भएको छ। सूर्य पुराण अनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको शुरुवात् भएको विश्वास गरिन्छ ।

तराईहरूको केही जिल्लाहरूमा मनाउने छठ पर्व अहिले समावेशी पर्वका रूपमा प्रचलित हुदै गएको छ । मानव सभ्यता बोधक, प्रकृतिप्रति कृतज्ञता र आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठ पर्वको मुख्य विधि सोमबार देखि सुरु भई बिहीबार सम्पन्न हुने छठ पर्वको उपलक्ष्यमा धरानमा पनि सेउती र सर्दु खोलामा आज बिहान ब्रतालुहरुले उदाउदो सूर्यलाई अर्घ दिएर छठको विधिवतरुपमा समापन गरेका छन् ।

कार्तिक मास शुक्ल पक्षको सप्तमी सम्म यो पर्व हरेक साल मनाउने गरेको छ । दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदो र चौथो दिन बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिने विधि गरिएको छ । छठ पर्वमा व्रत गरे दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ भन्ने जनविश्वास छ । छठ पर्वमा हरेक किसिमको फल चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुन्छ भन्ने मान्यता पाइन्छ साथै सन्तान प्राप्ति, रोग निदान र पारिवारिक कल्याणका लागि मनाइने छठ पर्वलाई भव्यता प्रदान हुन्छ भन्ने मान्यता छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x