भोजपुरमदन अधिकारी/ भोजपुर जिल्लाको आमचोक गाउपालिकाका स्थानिय व्यावसायीहरुलाई भोजपुर उद्योग वाणिज्य संघ घोरेटारका प्रतिनिधिहरुले बुधवार कर सम्बन्धी बिषयमा जानकारी दिएका छन् । भौगोलिक बिकटता रहेको आमचोक गाउपालीकामा स्थानिय व्यावसायीहरुलाई कर सम्बन्धी जिज्ञासा बढि रहेकाले उक्त व्यवसाहिको जिज्ञासलाई हल गर्न स्थानिय स्थरमै कर संबन्धी अनलाईन सुविधा प्रदान गरिरहेकाले , स्थानिय व्यवसायीहरुलाई घुम्ति शिविर मार्फत जानकारी दिईएको उद्योग वाणिज्य संघका सचिव प्रलाद थापाले जानकारी दिए ।

अनलाईन कर बालंखामानै आएर सेवा दिनुले स्थानिय व्यवसाहिहरुले समेत उद्योग वाणिज्य संघको खुलेर प्रशंसा गरेका थिए। स्थलगत अवलोकन गरेर शिबिर मार्फत अनलाईन सुविधा प्रदान गर्नुमा एक आफैमा चुनौति रहेपनि व्यवसायीको हितमा महासंघ टोलीले आउनु सकरात्मक कुरो भएको स्थानीय व्यवसायी नवीन बिष्टले बताए ।

सोही अवसरमा उक्त टोलिले उद्योग वाणिज्य संघको सदस्यता नविकरण समेत गरेको छ । उद्योग वाणिज्य संघ घोरेटारका अध्यक्ष भिम बहादुर प्रधानले यश स्थानका कुनैपनि व्यवसायीहरु दुखमा पर्दा हामी पनि सोही व्यापारिको दुखमा रहने र व्यवसायीको हितका लागि हामि सधै लागिपरीरहने बताए । प्रधानले भन्ने हाल विश्वलाईनै चुनौति दिईरहेको कोभिड -१९ को पहिलो र दोश्रो लहरले सबै भन्दा बडि असर व्यवसाहिलाई गरीरहेको छ। तर हामी व्यवसायीले ज्यान हातमा राखेर सेवा दिनुमा एक आफैमा चुनौति रहेको र उक्त चुनौतिको हामी सबै मिलेर लड्नु पर्ने धारणा राखेका थिए ।
स्थानीय व्यवसायीले कार्यक्रम निरन्तरता र थप कार्यक्रमको अपेक्षा समेत गरेका थिए । राज्यलेनै करको दाहेरामा जनतालाइ राखेको र कर तिर्नु हाम्रो कर्तव्य समेत रहेता पनि यसै स्थानमा आएर कर सम्बन्धी सेवा दिनुले हामी आमचोक बासिको लागि निकै सकारात्मक कार्य रहेको छ र यश स्थानमा कार्य गर्ने व्यवसाहिको दुई दिन बराबरको समय समेत बचत हुनुले यश भेलका सम्पुर्ण व्यवसाहिले सेवा लिनुपर्ने जानकारी दिएका छन् । भने महुली लघुवित्त वित्तीय संस्था लिमिटेड बालंखा शाखाका शाखा प्रवन्धक टोकनाथ न्यौपानेले यस स्थानमा आएर कर सम्बन्धि सेवा दिनुले भोजपुर सम्म जानुपर्ने झन्जटिलो व्यथा हटेको र यस्तो कार्यहरु आगामि वर्षहरुमा समेत सन्चालन गर्नुहुन अनुरोध गरेका थिए ।
उक्त कर दाखिला कार्यक्रममा यसै संघका उपाध्यक्ष अर्जुन भुजेल, महासचिव प्रकाश बस्नेत, सदस्यहरु प्रबिन मुक्तान, राजकुमार राई तथा आमचोक गाउपालिकाका प्रतिनिधि सिवदेव राइको समेत उपस्थिति रहेको थियो भने ५० जना भन्दा बडि व्यवसाहिले प्रत्यक्ष लाभ लिएकाथिए साथै प्रविधिक सहयोग महुलि लघुवित्त वितिय संस्था बालंखा साखा द्वारा व्यवस्था मिलाएको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x