धरान । रूटिंङ अफ नेपाल बन्द र गासिप नेपालको पहलबाट उपत्यका भित्र ४० दृष्टिविहीन परिवारलाई राहत वितरण गरेको छ। रोगले भन्दा भोगले मृत्युको अवस्था देखन नपरोस भनी उपत्यका भित्र फ़रक क्षमता भएका बिशेषगरी दृष्टिविहीनहरूलाई रूटिंङ अफ नेपाल बन्द र गासिपद्रारा राहत वितरण कार्य सुरु गरेको राष्ट्रसेवक दीपेन्द्र राईले बताए।

पहिलो सुरूवात कृतिपुरको पान हनुमान घाटमा पुगी करिब ४० परिवारलाई राहत वितरण गरेको छ।३० केजी चामल,३केजी दाल,२ ली. तेल,१प्याकेट नुन,४ वटा साबुन सेनिटाईज़र र माक्स वितरण गरेको छ।

हुनेले दिएर जाऊँ नहुनेले लिएर जाऊँ भन्ने नाराका साथ यस अभियान जारी गरेको हो। जसमा सहयोगी हातहरू ५जना समाज सेबीहरू राष्ट्र सेवक दीपेन्द्र राई(नेपाल)बिट्रिश सैनिक सामाजिक अभियन्ता मण्डल थेपे(बेलायत),गायिका पारू राई(यूके),समाजसेवी सुष्मा राई(साइप्रस),विपना गुरुंङ मेकप आटिस(यूके),मची बड़े क्ष्रेष्ठ समाजसेवी व्यवसाय(नेपाल) गजेन्द्र लिम्बू (ब्रिटिस अार्मि, हाल युके) लगायत मिली सहयोग गरेको छ। लकडाउन भएको १महिना भईसक्यो थप लकडाउन हुने स्थिति भएमा सरकारद्रारा पनी ध्यानकर्षण होस भन्ने गम्भीर भनाई राईले बताए।

0 0 vote
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x
Copy link
Powered by Social Snap