मोरङ । उर्लाबारी नगरपालिकाबाट प्रहरीले एक सय ८५ राउण्ड गोली बरामद गरेको छ । उर्लाबारी १ लक्ष्मीझारस्थित दलबहादुर लिम्बूको घरनजिकै भक्तबहादुर सुवेदीको खेत खन्ने क्रममा बुधबार फेला परेको उक्त परिमाणको गोली प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

सुवेदीले खेत खन्ने क्रममा कालो प्लाष्टिकभित्र पोको पारी माटोमुनि गाडेको अवस्थामा गोली फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए । ७ दशमलव ६२ एमएमका उक्त परिणामको गोली इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्ला प्रहरी मोरङका डीएसपी मानबहादुर राईले बताए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 कमेन्ट गर्नुहोस्
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x